९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

ट्रम्प र किमबीच ४५ मिनेट भेट: वार्ता सकारात्मक भएको दुबै नेताको प्रतिक्रिया


२९ जेष्ठ २०७५, मंगलबार  

0
Shares

PHOTO: AFP/BBC

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ मंगलबार उनबीचको भेटवार्ता सम्पन्न भएको छ । सिंगापुरको सेन्तोसा टापुमा रहेको क्यापेला होटलमा भएको वार्ता सकरात्मक भएको प्रतिक्रिया दुबै नेताले दिएका छन् ।

दुई नेताबीच करिब ४५ मिनेट भेटवार्ता भएको हो । दुई नेताबीच वान अन वान वार्ता भएको हो ।

केही बेरमै दुबै नेता दिवाभोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कोरियाली प्रायद्धीपको  आणविक कार्यक्रम निशस्त्रीकरण लगायतका विषयमा छलफल भएको छ ।

उत्तर कोरियालीका नेताले कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिलार्इ पहिलोपटक भेटेका हुन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७५, मंगलबार  ९ : ५२ बजे