११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025

इन्टरनेशनल मार्सल आर्टसले ७ स्वर्ण सहित २३ पदक जिते


Ang

३१ जेष्ठ २०७५, बिहिबार  

0
Shares

अमेरिकाको न्युयोर्कस्थित जमाइका योर्क कलेजमा हालै सम्पन्न १९ औ बाषिर्क थोमस लपुपेट मेमोरियल क्लासिक कराते टुर्नामेन्टमा इन्टरनेशनल मार्सल आर्टस एसोसियसनका १५ जना खेलाडीहरुले २३ विभिन्न पदक जित्न सफल भएका छन । ज्याक्सनहाइटस्थित उक्त डोजोबाट ७ स्वर्ण पदक, ७ रजत पदक र ९ कास्य पदक गरि २३ पदक जित्न सफल भएका छन ।

स्वर्ण पदक जित्नेहरुमा काता र कुमुते दुबैबाट दावा शेर्पा, कातामा पाल्देन शेर्पा , कुमुतेमा फिन्चु शेर्पा , कुमुतेमा एनडिसि , कुमुतेमा आहात आरयान, कमुतेमा भुडीलिम्लर बेच रहेको जानकारी डोजोले दिएका छन । उक्त प्रतियोगितामा प्रमुख प्रशिक्षक एवं अमेरिकी कराते महासंघको राष्ट्रिय रेफ्री पर्खी राईले निर्णयकको भुमिका निभाएका थिए । त्यस्तै कोचको भुमिकामा सेनपाइ दिपक राई, सेनपाइ रोशन प्रधान र सेनपाइ ल्हाक्पा शेर्पा रहेका थिए । टुर्नामेन्टमा विजयी खेलाडीहरुलाई आयोजक समितिको प्रमुख बाक्सडेलले पदक तथा च्याम्पियनसीपको प्रमाणपत्र वितरण गरेका थिए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७५, बिहिबार  ८ : २९ बजे