काठमाडौं : युथ क्रिएसन नेपाल प्रालिले दोस्रो संस्करण मिस हेरिटेज क्वीन नेपाल २०१८ आयोजना गर्ने भएको छ।
सम्पदा मानव सभ्यताको महत्वपूर्ण चिनारीको रुपमा रहेकाले ऐतिहासिक सम्पदाहरुको पहिचानसहित महत्वलाई सौन्दर्य प्रतियोगिताबाट प्रवर्द्धन गर्ने आयोजकले जनाएको छ।
सहभागीलाई सम्पदाको अर्थ र महत्व बुझाउँदै यसको संरक्षण, सम्वर्द्धन एवं प्रबर्द्धनमा सहभागी गराउने उद्देश्य रहेको पनि जानकारी गराइयो।
प्रतियोगिताका लागि सहभागीहरुलाई ग्रुमिङकै अवधिमा सम्पदा सम्बन्धित सचेतना र प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरुको स्थलगत भ्रमण सरसफाई आदि जस्ता क्रियाकलापमा सहभागी गराइने छ।
विविध समयमा सातै प्रदेशबाट अडिसन गरी सहभागी जुटाउने कम्पनीका निर्देशक एवं कार्यक्रम संयोजक शिल्पा तामाङले बताइन्। अडिसन असारको २ बाट सुरु हुने र साउन १२ गतेसम्म चल्नेछ।
ग्रान्ड फिनाले भदौ २२ गते होटल अन्नपूर्णमा हुनेछ। टाइटल विजेतालाई स्कुटर, क्राउन र गिप्ट ह्याम्पर, फस्ट रनरअपलाई क्राउन, नगद र गिप्ट ह्याम्पर र सेकेण्ड रनरअपलाई क्राउन, नगद र गिप्ट ह्याम्पर र १५ विधाका टाइटल पुरस्कार दिने आयोजकले जनाएको छ।
सोही कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीले सगरमाथा आरोही काभ्रेकी लक्मी तामाङलाई सम्मान गरेका थिए।
कार्यक्रममा केसी, एभरेष्ट फेसन होमकी अध्यक्ष रञ्जिता लामा, सम्मानित आरोही तामाङ, शर्मिला थापा मगर लगायतले शुभकामना तथा बधाई मन्तव्य राखेका थिए।