काठमाडौ । वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। सोमवार बाँसबारीस्थित न्युरो हस्पिटलले विज्ञप्ति जारी गरी साँझ ५ बजेर ३५ मिनेटमा उनको निधन भएको जानकारी दिएको छ ।
सन् १९५४ को १९ डिसेम्बरमा गोरखाको पन्डित गाउँमा जन्मेका डा. देवकोटाको पार्थिव शरीरलाई न्युरो अस्पतालको प्राङ्गणमा मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म राखिने र त्यसपछि पशुपति आर्यघाटमा लगिने अस्पतालले जानकारी दिएको छ ।
डा. देवकोटाकी पत्नी डा. मधु दीक्षित देवकोटा र तीन छोरीहरु मेधा, वसुधा र मन्जरीले अन्तिम संस्कार गर्नेछन् ।
बेलायतमा पाँच महिना लामो उपचारपछि डा. देवकोटा गत वैशाखमा नेपाल फर्केर बाँसवारीस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका थिए ।
उनले आफुलाई ‘वाइल डक्ट’ (पित्त थैली) क्यान्सर देखिएको कुरा सार्वजानिक गरेका थिए ।