२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024

समूह बी बाट स्पेन र पोर्चुगल उक्लियो, स्पेन रसियासँग, पोर्चुगल उरुग्वेसँग भिड्ने


१२ असार २०७५, मंगलबार  

0
Shares

रसिया विश्वकप २०१८ अन्तर्गत पहिलो दुई प्रिक्वाटरफाइनल समीकरण पूरा भएको छ । समूह ए र समूह बी का सबै खेल सकिएपछि अन्तिम १६ मा भिड्ने चार टिमको प्रतिद्वन्दी छिनोफानो भएको हो ।

समूह ए बाट उरुग्वे सबै ३ खेल जित्दै समूह विजेता बन्दै अन्तिम १६ मा पुग्दा आयोजक रसिया उपविजेता बन्दै अन्तिम १६ पुग्यो ।

यस्तै समूह बी मा समान ५ खेल जोडे पनि गोल बढी गरेको कारण स्पेन समूह विजेता तथा पोर्चुगल उपविजेता हुँदै अन्तिम १६ मा पुगेको हो ।

अब प्रिक्वाटरफाइनलमा समूह ए को विजेता उरुग्वे र समूह बी उपविजेता पोर्चुगलबीच हुनेछ। यसलाई लुइस सुआरेज भर्सेज क्रिस्टियानो रोनाल्डोबीचको खेल भन्न सकिन्छ ।

यस्तै आयोजक रसियाले समूह बी को विजेता स्पेनको सामना गर्नेछ। दुबै खेलको विजेता क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

प्रकाशित मिति : १२ असार २०७५, मंगलबार  ८ : ४७ बजे