२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

न्युयोर्क डेमोक्रेटिक प्राइमेरि निर्वाचनमा अलेक्जेन्डर निर्वाचित


Ang

१३ असार २०७५, बुधबार  

0
Shares

जोसेफ क्राउली

न्युयोर्कमा विभिन्न डिष्ट्रिकहरुमा आज भएको डेमोक्रेटिक प्राइमेरि निर्वाचनमा अन्र्तगत नेपालीहरुको सबैभन्द बढि चासो रहेको न्युयोर्क युएस हाउसको डिष्ट्रिक १४ मा डेमोक्रेट पाटीबाट अलेक्जेन्डर ओकासिओ कोरतेज बिजय भएकी छन । अलेक्जेन्डरले यही क्षेत्रमा लामो समयदेखिन राजनिति गदै आएका डेमोक्रेट पाटीकै बरिष्ठ नेता जोसेफ क्राउलीलाई पराजित गरेकी हुन ।

२८ बषिर्य अलेक्जेण्डरले ५७ प्रतिशत १५ हजार १ सय ४३ मत ल्याएकी थिए भने उनका प्रतिद्धन्दी क्रोउलीले ४२ प्रतिशत ११ हजार २ सय मत ल्याएका थिए । न्युर्योकको ब्रान्समा जन्मेकी अलेक्जेन्डर भर्खर मात्र राजनितिमा लागेकी हुन भने क्राउली सन १९९९ देखिनै डेमोक्रेटिक पार्टीबाट राजनितिमा गदै आएका थिए ।

यो निर्वाचतमा विजय हुनेले आगामी नोभेम्बरमा हुन लागेको जेनरल निर्वाचनमा भाग लिन पाउने भएको छ । निर्वाचन डिष्ट्रिक १, डिष्ट्रिक २, डिष्ट्रिक ११, डिष्ट्रिक १४,डिष्ट्रिक १९, डिष्ट्रिक २१, डिष्ट्रिक २३ र डिष्टिक २४ को प्रतिनिधिहरुको वीच निर्वाचन भएको थियो ।

प्रकाशित मिति : १३ असार २०७५, बुधबार  ९ : १६ बजे