१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

किदुग गल्फ उपाधी तेन्जिङलाई


Ang

१५ असार २०७५, शुक्रबार  

0
Shares

शेर्पा किदुगको हालै सम्पन्न ११ औ गल्फ प्रतियोगिताको उपाधी तेन्जिङ दिङधाङले पाएका छन । शेर्पा किदुग अमेरिकाले विगत लामो समयदेखिन हरेक वर्ष आयोजना गर्दै आएको गल्फ प्रतियोगिता यस पटक गत जुन १६ का तारिखकेा दिन भएको थियो । बु्रकलिन मारिन गल्फ कोर्समा आयोजित उक्त प्रतियोगितामा जम्मा छ समुहले भाग लिएका थिए । प्रतियोगितामा दोस्रो स्थान ङवाङ रिजिनले पाएका छन भने तेस्रोमा बर्मनका ल्हाक्पा लामा रहेका छन । त्यस्तै लाङ्गेस्ट ड्राइभको उपाधी सोनाम ग्याछोले पाए भने क्लोजेस्ट टु पिन ङवाङ रिङ्िजनले पाएका छन । लाङ्गेस्ट ड्राइभ फुर्वा ग्याल्जेन शेर्पाले हात पारे भने क्लोजेस्ट टुको पिन बर्मनको ल्हाक्पा लामालेनै पाएका थिए ।

प्रतियोगितामा बेस्ट नेट स्कोरमा आङ छिरिङ् शेर्पा र दावा लामा बर्मन रहेका थिए । बिहान नौ बजेबाट सुरु भएको खेल बेलुकीको डिनर पछि मात्र समापन भएको थियो । प्रतियोगितामा बिजयी खेलाडीहरुलाई शेर्पा किदुगको अध्यक्ष उर्गेन शेर्पाले शील्ड तथा ट्रफी प्रदान गरेका थिए । शेर्पा किदुगका गल्फ ब्यवस्थापक ल्हाक्पा रिन्जी शेर्पाद्वारा संचालित कार्यक्रममा किदुगका खेलकुद संयोजक फुर्बा शेर्पाले विजयी खेलाडीहरुलाई खातक लगाई बधाई ज्ञापन गरेका थिए । किदुगले सन २००७ मा गल्फ प्रेमी शेर्पाहरुको पहलमा शुरु भएको यो प्रतियोगिता नेपाली, तिब्बती र भुटानी मूलका खेलाडीहरु माझ सर्वाधिक लोकपि्रय प्रतियोगिताको रुपमा चिनिदै आएको ल्हाक्पा रिन्जी शेर्पाले बताए । प्रतियोगितामा न्युयोर्क, न्यु जेर्सी लगायत वेष्टचेष्टर, कनेक्टिकट र बर्मनबाट खेलाडीहरु सहभागी भएका थिए ।

प्रकाशित मिति : १५ असार २०७५, शुक्रबार  १२ : ५१ बजे