२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

ग्रिजमेनको कडा प्रहारको गोल र क्याप्टेन लोरिसको उत्कृष्ट बचाउसँगै फ्रान्स सेमिफाइनलमा


२२ असार २०७५, शुक्रबार  

0
Shares

दुई पटक विश्वकप जितिसकेको उरुग्वेलाई हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ। कभानी बेन्चमा बस्नु नै उरुग्वेका लागि दुर्भाग्य साबित भयो।

पहिलो हाफमा फ्रान्सका लागि भरानेले ४० औं मिनेटमा एन्टोनि ग्रिजमेनको सहयोगमा हेडिङमार्फत अग्रता दिलाए। ६२ औं मिनेटमा तोलिसोले दिएको पासलाई ग्रिजमेनले हिर्काएको सट उरुग्वेका किपरले रोक्न सकेनन्। र फ्रान्स २ गोलसहित अग्रता लिन सफल भयो।

४४ औं मिनेटमा फ्रान्सका क्याप्टेनसमेत रहेका किपर ह्युगो लोरिसले सुन्दर बचाउ गर्दै फ्रान्सलाई जितका लागि झनै बलियो बनाए। त्यसपछि फ्रान्सले उरुग्वेलाई झनै दबावमा राख्यो।

 

प्रकाशित मिति : २२ असार २०७५, शुक्रबार  ९ : ३८ बजे