२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

‘मुन्दुम ट्रेल म्याप’ सार्वजानिक, किराती सँस्कृति अध्ययनका लागि उत्तम


२८ असार २०७५, बिहिबार  

0
Shares

शुभप्रभात राई/काठमाडौं

पूर्वी नेपालको भोजपूर, खाटाङ, संखुवासभा र सोलुखुम्बु क्षेत्रको नयाँ पदमार्गका रुपमा ‘मुन्दुम पदमार्ग’को पहिचान गरी उक्त मार्गको नक्सा सार्वजनिक गरिएको छ ।

मैयुम टेम्के साल्पा सिलिचुङ पर्यटन प्रबर्द्धन केन्द्रले भृकुटी मण्डपस्थित नेपाल पर्यटन बोर्डमा एक कार्यक्रम आयोजना गरी ‘मुन्दुम ट्रेल’ को नक्साचित्र सार्वजानिक गरेको हो ।

टेम्के, मैयुम,हाँसपोखरी, साल्पा, सिलिचुङ, बराह क्षेत्र, दिङ्लाजस्ता कैयौं पर्यटकीय क्षेत्र भए पनि यहाँ बाह्य तथा आन्तरिक पर्यटक भने पुग्न सकिरहेका छैनन् ।

मध्यपहाडी राजमार्ग पुगेसँगै गर्दा टेम्के, मैयुम, साल्पा, सिलिचुङ, हलेसी, चखेवाजस्ता पर्यटकीय क्षेत्रमा केहि मात्रमा पर्यटकहरु भित्राउन सक्ने सम्भावना रहेको स्थानीयहरु बताउँछन् ।

मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि भोजपुर जिल्लाका सांसद सुदन किराँती, केन्द्रका अध्यक्ष रमेशकुमार राई, सशस्त्र प्रहरीका पूर्व महानिरिक्षक दुर्जकुमार राई, पूर्व साम्सद तारा राई, टानका महासचिव आङपेम्बा शेर्पा, पर्यटनविद् वच्चु नारायण श्रेष्ठ लगायत अन्य पर्यटन व्यावसायीहरु सहभागी थिए ।

खुकुरी तथा रुद्राक्षमा समेत भोजपुरले प्रख्याती कमाईसकको अब पालो पर्यटन विकासको भएको सांसद सुदन किरातीले बताए ।

प्रकाशित मिति : २८ असार २०७५, बिहिबार  ७ : १२ बजे