प्रवासमा नेपाली राजनितिका शिखर पुरुष स्व गिरिजा प्रसाद कोइरालाको योगदानको चचौ गदै ९५ औ स्मृति दिवस मनायो । दिवस नेपाली जनसम्पर्क समिति कनेटिकेट च्यापटरको संयोजन तथा नेपाल बिधाथी संघ अमेरिका शाखाको आयोजनामा भएको थियो । आयोजित कार्यक्रममा सहाभागीहरुले स्व कोइरालाको तस्विरमा माल्यार्पण गदै सम्झेका थिए । कार्यक्रम नेजसस कनेटिकेटका सल्लाहकार गौरी शर्माको सभापतित्वमा तथा जन सम्पर्क समितिको पुर्व संयोजक विष्णु सुवेदीको प्रमुख आतिथ्यमा भएको थियो ।
त्यस्तै बिशिस्ट अतिथिको रुपमा नेविसध केन्दिय उपाध्यक्ष डिल्ली राम सुवेदी,नेवि संघ अमेरिकाका सभापति प्रभात सापकोटा, नेजसस कनेटिकेट च्यापटरका सभापति यादव दुलाल, एनआरएन अमेरिकाका उपाध्यक्ष राजकुमार सुवेदी , एनआरएन कनेटिकेट च्यापटरका सभापति घनशयाम खडका , लायन्स क्लब हाडफोर्टका अध्यक्ष राज श्रेस्ठ , नेजसस न्युर्योक च्याटरका पुर्व सभापति रामचन्द्र रेग्मी लगायतले गिरिजा प्रसाद कोइरालाको योगदानको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा उपस्थित बक्ताहरुले नेजसस अमेरिकाको वर्तमान अवस्थाको बारेमा चर्चा गरेका थिए । कार्यकमको संचालन ने वि संघ अमेरीका शाखाका केन्दि्रय सदस्य एबम महेन्द्र रत्न क्याम्पस ताहाचलका पुर्ब बिद्यार्थी नेता के पी भट्टले गरेका थिए । उक्त कार्यक्रममा ने वि संघ अमेरीकाको सदस्यहरु हरि पौडेल बोल्टनबाट र तुफान खतीवडा न्यू हेम्पसायरबाट उपस्थित भएका थिए ।