आज विश्वकप फुटबल २०१८ को फाइनल । क्रोएसिया र फ्रान्स उपाधिका लागि भिड्दैछन् । दुबै टोली विश्वकपको उपाधि उचाल्ने लक्ष्यका साथ रसियाको मस्कोस्थित लुज्निकी रंगशालामा उत्रिदैछन् ।
सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई १-० ले तथा क्रोएसियाले इंग्ल्याण्डलाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । सन् १९९८ मा घरेलु मैदानमै उपाधि जितेको फ्रान्सको यो तेस्रो फाइनल हो । फ्रान्स २००६ को फाइनलमा इटलीसँग पराजित भएको थियो ।
उता १९९८ मा पहिलो पटक विश्वकप खेलेको क्रोएसिया फाइनल पुगेको यो पहिलो पटक हो । पहिलो सहभागितामै सेमिफाइनल पुगेको क्रोएसिया त्यतिखेर फ्रान्सँगै पराजित भएको थियो । क्रोएसियालाई २० वर्षपछि फ्रान्ससँग हारको बदला लिने अवसर मिलेको छ ।
८ वर्षपछि विश्वकपमा नयाँ टिम (क्रोएसिया) फाइनल प्रवेश गरेको छ । सन् २०१० मा स्पेन पहिलो पटक फाइनल पुग्दै विश्वकप नै जित्न सफल भएको थियो ।