९ फाल्गुन २०८०, बुधबार | Wed Feb 21 2024

फ्रान्सले जित्यो विश्वकप, ४-२ को अन्तरले क्रोएसिया पराजित


३१ असार २०७५, आइतबार  

0
Shares

फ्रान्सले क्रोएसियालाई ४-२ गोल अन्तरले पराजित गर्दै  दोस्रो पटक विश्वकप फुटबलमा उपाधि जितेको छ ।

आइतबार रसिया विश्वकपमा मस्कोस्थित लुज्निकी रंगशालामा  भएको खेलमा फ्रान्सले २० वर्षपछि फेरि उपाधि जितेको हो ।

१८ औँ मिनेटमा मारियो मान्डुकिचले फ्रान्सका ग्रिजम्यानको फ्रिकिकबाट आएको बललाई क्लियर गर्न खोज्दा आफ्नै पोस्टभित्र बल छिर्‍यो।

२८ औं मिनेट मै इभान पेरिसिचले खेल बराबरीमा ल्याएपनि ३८ औं मिनेटमा उनकै ह्यान्ड बल भएपछि फ्रान्सका एन्टोनि ग्रिजम्यानले गोल गर्दै फ्रान्सले फेरी अग्रता कायमै राखे ।

फ्रान्सका लागि ५९ औं मिनेटमा पाउल पोग्वा र ६५ औं मिनेटमा केलियन एम्बाप्पेले गोल थपे ।

मान्जुकिचले ६९ औं मिनेटमा गोलरक्षकको उठाउँदै गोल गरेपनि खेललाई आफुतिर फर्काउन भने असफल भए ।

दोस्रो हाफमा बलमाथि क्रोएसियाले बढी नियन्त्रण गरे पनि फ्रान्सले पाएका अवसर सदुपयोग गर्दा फाइनल खेलमा फराकिलो जित दर्ता गर्न सफल भयो फ्रान्स।

यसघि सन् १९९८ मा फ्रान्सले विश्वकप जितेको थियो।

 

प्रकाशित मिति : ३१ असार २०७५, आइतबार  ११ : २६ बजे