१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

चन्द्र इङ्नामको उपन्यास ‘बन्दरगाहमा आमा’ सार्वजानिक


३२ असार २०७५, सोमबार  

0
Shares

काठमाडौं । चन्द्र इङ्नामको पहिलो उपन्यास ‘बन्दरगाहमा आमा’ सार्वजानिक भएको छ । नेपाली साहित्यिक क्षेत्रमा पछिल्लो समय ‘आमा’ शीर्षकलाई मध्यनजर गर्दै इङ्नामले उपन्यास ‘बन्दरगाहमा आमा’ सार्वजानिक गरेका हुन् ।

सोमबार राजधानीको अनामनगरस्थित मंडला थिएटरमा इन्डिगो इन्कको प्रकाशनको आयोजनामा इङ्नामको उपन्यास विमोचन भएको हो ।

उक्त कृतिको साहित्यकार राजन मुकारुङ, दीपक सापकोटा, बन्दना ढकाल र लेखक चन्द्र इङ्नामले स‌ंयुक्त रुपमा विमोचन गरे ।

विमोचनपछि मुकारुङले उपन्यास मनछुने खालको रहेको उल्लेख गर्दै  बुवाको मृत्युपछि आमाले सन्तानको भविष्यका लागि गरिने दु:ख, कष्ट र बेदनासँगै समाजसँग गरेको संघर्ष उपन्यासमा समेटिएको बताए ।

समीक्षक बन्दना ढकालले उपन्यासमा सशक्त, संघर्षशील र जुझारु आमालाई प्रस्तुत गरिएको बताइन् ।

लेखक इङ्नामले उनका वक्ताहरुलाई आभार प्रकट गर्दै उपन्यासका कुनै पनि पात्रहरु काल्पनिक नभएको र सम्पूर्ण पात्रहरु वास्तविक भएको उल्लेख गरे र आफ्नो जीवनको सम्पूर्ण घटनाहरुलाई स्मरण गर्दे उपन्यसमा उतारेको बताए ।

प्रकाशित मिति : ३२ असार २०७५, सोमबार  ८ : १४ बजे