काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रले सरकार विरुद्ध डा. गोविन्द केसीको जीवन रक्षा लगायत महंगी, भ्रष्टाचारविरुद्ध माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको छ ।
मंगलवार राजधनीको माईतीघर मण्डलामा नेविसंघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो ।
काङ्ग्रेस सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक, डा. गोविन्द केसीका मागलगायतका विषयमा सरकारले वेवास्ता गरेको र सरकार अधिनायकवादतर्फ लम्केको नेविसंघको आरोप रहेको छ ।
प्रदर्शनका क्रममा नेविसंघका केही कार्यकर्ता घाइते भएका थिए ।