२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

डा केसीलाई काठमाडौं ल्याइँदै, शिक्षण अस्पतालमा राख्ने तयारी


३ श्रावण २०७५, बिहिबार  

0
Shares

काठमाडौं: २० दिन अघिदेखि चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै अनशनमा बस्दै आएका डा गोविन्द केसीलाई सरकारले बल प्रयोग गरी काठमाडौं ल्याइँदै छ। आजै शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरी शिक्षा मन्त्रालयको टोली डा केसी अनशन बसिरहेको स्थान जुम्ला पुगेको थियो ।

जुम्लाबाट हेलिकप्टरमार्फत डा केसीलाई आज साँझसम्ममा काठमाडौं ल्याउने तयारी भएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीको नेतृत्वमा पुगेको टोलीले डा केसीलाई सेनाको हेलिकप्टरमा राखेर काठमाडौं ल्याउन लागेका हुन् ।

उनलाई राजधानीको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा ल्याउने तयारी सरकारले गरेको छ । दिउँसो पुगेको सरकारी टोलीलाई डा केसीसँग भेट्न नदिएपछि केहीबेर झडप भएको थियो। झडप प्रहरीले गोलीसमेत चलाएको थियो । प्रहरीको गोली लागी एक प्रहरी घाइतेसमेत भएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७५, बिहिबार  ४ : १३ बजे