२७ औं दिनमा अनशन तोडे डा केसीले, माथेमा र नेम्वाङले खुवाए जुस
२०७५ श्रावण १०, बिहीबार २२:३७

काठमाडौं । डा गोविन्द केसीले आज २७ औं दिनमा अनशन तोडेका छन् । ने क पा संसदीय दलका उपनेता सुवाष नेम्वाङ र डा केदारभक्त माथेमाले जुस खुवाएर उनको अनशन तोडिएको हो ।
आज सरकारसँग ९ बुँदे सहमति भएपछि अनशन तोडिएको हो ।
अनशन तोडाएपछि ने क पाका तर्फबाट नेम्वाङले अबका दिनमा डा केसी अनशन बस्नुपर्ने अवस्था नआउने प्रतिवद्धता व्यक्त गरे ।