६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

महिला पत्रकार फुटबल प्रतियोगितामा पत्रिका टोली प्रथम


१२ श्रावण २०७५, शनिबार  

0
Shares

शुभप्रभात राई / ललितपुर

नेपाल महिला पत्रकार समितिले आयोजना गरेको महिला पत्रकार फुटबल प्रतियोगीता सम्मपन्न भएको छ।

आईतवार सातदोबाटोस्थित एन्फाको फुटबल मैदानमा नेपाल महिला पत्रकार समितिको आयोजनामा  महिला पत्रकारहरु टेलिभिजन टोली, पत्रिका टोली,  रेडियो टीली र अनलाईन टोली गरि चार टोलि बिच प्रतिस्प्रधा भएको थियो।

प्रतियोगितामा पत्रिका टोली बिजय भएको छ।

‘महिला पत्रकार का लागि एक गोल’ भन्ने मुल नाराकासाथ महिला पत्रकारहरुका लागि महिला पत्रकार कोष खडा गर्ने उदेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको हो।

चिठ्ठा टिपाएर सुरुवात भएको खेलमा पत्रिका टिमले रडियो टिमलाई २ – १ को गोल अन्तरले पराजित गरेर फाइनलमा पुगेका थिए भने अनलाईन टिमले १  – ० को गोल अन्तरले टेलिभिजन टिमलाई पराजित गराई फाईनलमा पुगेका थिए।

फाईनल खेलमा पेनाल्टीमार्फत अनलाईन टिमलाई २ – १ गोल अन्तरले पराजित पार्दै पत्रिका टिम बिजय भएको हो।

पत्रिका टोलीका जर्सी नं ११ का पुनम ढकाल उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिप्पर बिजु महर्जन भए ।

उक्त खेलमा राधिका शाक्य, लक्ष्मी श्रेष्ठ, उमा श्रेष्ठ र रञ्जना ह्योल्मो रेफ्रीको भुमिका निर्वाह गरेका थिए । महिला पत्रकार कोषमा मन्त्री विश्वकर्माले दश हजार रुपैयाँ सहयोगसमेत गरे ।

प्रकाशित मिति : १२ श्रावण २०७५, शनिबार  १० : ४६ बजे