३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

सरकारप्रति महतोको असन्तुष्टि, भने, ‘हाम्रा एजेन्डा सुनुवाई नभए अल्टिमेटम दिन्छौं’


१४ श्रावण २०७५, सोमबार  

0
Shares

काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले वर्तमान सरकारले भने जस्तो काम नगरेको आरोप लगाएका छन् । महतोले यसैकारण आफुहरु सरकार प्रति असन्तुस्ट रहेको बताए ।

सोमवार भृकुटीमण्डपस्थित रिपोर्टस क्लबको आयोजना गरेको साक्षात्कारमा महतोले सरकारलाई दिएको रिमाईण्डरपनि कुनै सुनुवाई नभए आफूहरु कडाईका साथ अल्टिमेट दिएर अघि बढ्ने चेतावनी दिए।

‘सरकारसँग दुई तिहाई छ, हामी हाम्रो सवालहरु पूरा गराउनको लागि दबाब दिदै नै आइरहेको छौं,’ उनले भने, ‘भर्खरैमात्रै पनि हामीले प्रधानमन्त्रीसमक्ष दलित, आदिवासी, जनजाति, मधेशी जनताको सवालहरु संविधान संशोधनमार्फत हल गर्नुहोस भनेर दबाब दिएका छौं।’

सरकारलाई दिएको यी एजेन्डाहरु कुनै सुनुवाई नभए आफूहरु पनि कडाईका साथ अल्टिमेटम दिएर अघि बढ्ने उनले बताए ।

सरकारको रवैया हेरेर हामीहरु अगाडि बढ्ने बताउँदै उनले हामी अहिले ‘पर्ख र हेर’को अवस्थामा रहेको उल्लेख गरे । उनले थपे, ‘सरकार जसरी अघि बढ्छ, हामी पनि त्यसैगरी अगाडि बढ्छौं ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँग संविधान संशोधन हुनेबारे आफूहरु आशावादी रहेकोले सरकारलाई दिएको समर्थन तत्कालै फिर्ता नलिने अवस्थामा रहेको बताए ।

प्रकाशित मिति : १४ श्रावण २०७५, सोमबार  ६ : ०८ बजे