५ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025

टिपिएस लेबर सर्टिफिकेट हुनेले म्याद सकेको ६ महिनाभित्रमा गि्रन कार्ड बनाउन सक्छ ।


Ang

१६ श्रावण २०७५, बुधबार  

0
Shares

 

अमेरिकामा टिपिएस हुनेहरुले आफु काम गर्ने ठाउबाट लेबर सर्टिफिकेसन ल्याएमा टिपिएसको म्याद सकेको ६ महिनाभित्रमा पनि गि्रन कार्ड फायल गर्न सकिने कानुन व्यवसायी खगेन्द्र जिसि क्षेत्रीले एभरेष्टटाइम्सलाई बताएको छ । अमेरिकी सरकारले नेपाललाई सन २०१५ को जुनको २४ तारिख दिएको टिपिएसको म्याद आगामी वर्षको जुनको २४ तारिख सम्म रहेको छ ।

‘ टिपिएस हुनेहरुमा लेबर सर्टिफिकेट ल्याउनेहरुको लागी टिपिएसको म्याद सकेको ६ महिनाभित्रमा पनि गि्रनकार्ड फायल गर्न सकिने छ ‘ कानुन व्यवसायी क्षेत्रीले एभरेष्टटाइम्सलाई भने-‘ टिपिएसमा रहेको तपाईहरुले अझै पनि लेबर सर्टिफिकेसनको लागी प्रक्रिया शुरु गरेमा अझै पनि केही ढिलो भएको छैन थप समय भएकोले गि्रन कार्ड पाउने अवसर नगुमाउनोस’ । उनका अनुसार टिपिएसको म्याद सकेपनि लबेर सर्टिफिकेसन ल्याउनेको लागी थप गरेको समय अझै पनि १८ महिना बाकी छ । लेबर सर्टिफिकेसनको म्याद बडाएपनि ६ महिनाभित्रमा फाइल गरिसक्नु पर्छ नत्र ६ महिना नाघेमा त्यसले मान्यता नपाउने उनले बताए ।

उनका अनुसार टिपिएसमा रहेकाहरुले आफु काम गर्ने ठाउबाट मालिकले लेबर सर्टिफिकेसन दिएको वितिकै कानुन व्यवसायी मार्फत गि्रन कार्डको लागी आइफोरएटि फाइभ फाइल गर्नु पर्छ । टिपिएसमा रहेकाहरु म्याद सकेको वितिकै आउट अफ स्टाटस हुने भएकोले सरकारले सब्जेक्ट टु डिर्पोटेसन प्रोसेस गर्न सक्छ तर सवैलाई डिर्पोटेसन गर्छ भन्ने ठेगान नभएको क्षेत्रीले बताए । ‘ टिपिएस हुनेहरुले संभव भएसम्म इम्पलोइमेन्टको आधारबाट गि्रन काड लिने प्रयास गर्नुस यहीनै हो उत्तम उपाय हो ‘ । उनले बताए ।

प्रकाशित मिति : १६ श्रावण २०७५, बुधबार  १ : २६ बजे