१८ मंसिर २०८०, सोमबार | Mon Dec 4 2023

सोलुखुम्बुको गोक्यो तालमा पौडी खेल्न पसेका तीन विद्यार्थी बेपत्ता


१९ श्रावण २०७५, शनिबार  

0
Shares

सोलुखुम्बु । जिल्लाको खुम्बु पासाङल्हमु गाउँपालिका–४ स्थित गोक्यो तालमा नुहाउने क्रममा तीन विद्यार्थी बेपत्ता भएका छन् । खुम्जुङ माध्यामिक विद्यालयबाट कक्षा ९ मा अध्ययानरत ३३ जना बिद्यार्थीहरु शैक्षिक भ्रमणको लागि शुक्रबार सोही ठाँउस्थित गोक्यो तालमा गएको र शनिबार बिहान तालमा नुहाउने क्रममा उनीहरु पौडी खेल्न जाँदा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएकामा खुम्जुङका  १७ वर्षीय पेम्बा दोर्जे शेर्पा, १६ वर्षीय पेम्बानुरु शेर्पा र सुनिल बराईली डुबेर बेपत्ता भएका छन् । उक्त घटनाको जाकारी प्राप्त हुनसाथ खुम्जुङबाट प्रहरी र स्थानीय बासिन्दा खोजतलासका लागि घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ ।

पाँचहजार उचाईमा रहेको उक्त तालमा डुबेका विद्यार्थीहरुको शब अझै नभेटिएको गाउँपालिकाका अध्यक्ष निमदोर्जी शेर्पाले जानकारी दिए । अध्यक्ष शेर्पाले एभरेस्ट टाइम्ससँग भने, ‘शनिबार बिहान उक्त घटना भएको हो। तीन जना विद्यार्थी तालमा बेपत्ता भएका छन्। अझै फेला परेका छैनन्। सबै खोजतलासमा सक्रियपूर्वक लागेका छन् ।’

घटनाबारे बुझ्न हेलिकप्टरसमेत घटनास्थलमा पुगिसकेको उनले बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७५, शनिबार  ५ : २० बजे