१० असार २०८३, बुधबार | Thu Jun 25 2026

सरकारविरुद्ध सडकमा उत्रियो राप्रपा, महिला हिंसा अन्त्य गर्न माग [फोटो फिचर]


२२ श्रावण २०७५, मंगलबार  

0
Shares

काठमाडौं। सरकार विरुद्ध महिला हिंसा अन्यको माग राखि राप्रपाका महिला संगठनले सडक र्‍र्‍याली प्रदर्शन गरेको छ।

मंगलवार राष्ट्रिय प्रजातन्त्र पार्टीका महिला संगठनले श्रृङ्खलाबद्ध रुपमा भइरहेको महिला बलात्कार तथा हत्याको अन्त्य गर्नुपर्ने सरकार संग मुख्य माग राख्दै राजधानीको बबरमहल देखी माईतीघर मण्डलासम्म  र्‍र्‍याली प्रदर्शन गरेका थिए।

विरोध प्रदर्शनमा पार्टीकी प्रवक्ता रोशन कार्कीले सम्बोधन गर्दै जबसम्म महिला हिंसाको अन्य हुदैन भोली देखी सरकार विरुद्ध देश भर नै नारा जुलुसमा उत्रिने चेतावनी समेत दिइन।

कार्कीले ‘आफ्नो पार्टीको कार्यकर्ता बचाउ, महिलाहरुप्रति सहानुभूति नहुनु, भ्रष्ट्रचार र पैसाको खेलको कारण सरकारले अपराधीहरु खुलेआम छाडिरहेको’ आरोप लगाइन्।

विरोध प्रदर्शनमा हास्यकलाकार निर्मल शर्मा (गैडा)को समेत सहभागिता थियो।

प्रकाशित मिति : २२ श्रावण २०७५, मंगलबार  ९ : ०० बजे