७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

न्युयोर्क सिटिद्धारा उबर र लिप्ट नया अनुमति बन्द


Ang

२४ श्रावण २०७५, बिहिबार  

0
Shares

न्युयोर्कमा दिनहु थपिरहेको उबर र लिप्ट लगायतका एप्सबाट चल्ने कारहरुलाई न्युर्योक सिटि काउन्सीलले एक वर्षको लागी नया अनुमति दिन बन्द गरेको छ । उबर लिप्ट जस्ता अत्याधिक कारहरुको कारण सिटिमा सवारी चाप बडनुको साथै चालकहरुले धेरै कठिनाई भोग्नु परेको भनी न्युयोर्क सिटि काउन्सीलले बुधाबार यो नियम पास गरेको हो । यो नियम पास हुनु अघिसम्म एक महिनामा करिब २ हजार उबर कारहरु थप्दै आइरहेका थिए ।

बडदो उबरको कारण न्युर्योकमा लामो समयदेखिन चलाउदै आइरहेको येल्लो क्याव चालकहरुले पनि निकै कठिनाई भोग्नुको साथै यो व्यवसाय कमजोर हुन थालेपछि सिटि काउन्सील सामु पटक पटक जुलुस गरेका थिए । दैनिक रुपमा उबर, लिप्टले कारहरु थपेर चालकहरुले जिविको पाल्न कठिन बनाएको भनी अहिलेसम्म ६ जना चालकहरुले आत्माहत्या गरिसकेका छन । सिटिले पास गरेको नियम अनुसार उबर, लिप्ट लगायतलाई नया अनुमति बन्देज लगाएपनि हृवीलचेयर एक्सेसको कारहरुलाई भने रोकेको छैन ।

सिटिको नियमसंगै टेक्सी लिमोजिन कमिसनले पनि एक वर्षको लागी नया लाइसेन्स जारी नगर्ने भएको छ । सिटिमा बडदो सवारी चाप घटाउनुको साथै चालकहरुले भोग्नु परेको पिडालाई बुझेरनै सिटिले यो नियम पास गरेपछि अब चालकहरुको ज्यालामा पनि फेरबदल हुने अनुमान सिटि काउन्सीलले गरेको छ । सिटिमा बडदो उबरको बारेमा गरेको अध्ययन अनुसार कम्पनि धनी हुदै गएपनि चालकहरुले घण्टामा १५ डलर मात्र पाइरहेको उल्लेख गरेको छ । न्युयोर्कमा सन २०१५मा १२ हजार ६ सय उबर र लिप्टहरु जस्ता एप्सका कार चलाउने चालकहरु थिए भने यो वर्षसम्ममा ८० हजार जना पुगेको सिटिले गरेको अध्ययनले देखाएको छ । त्यस्तै येल्लो क्याब चलाउनेको संख्या १४ हजार भन्द कम रहेको छ । सिटिको नियम पास हुन अगावै बुधाबार दिउसो हजारौ सवारी चालकहरु आफनो पिडासहितको व्यानर देखाएर सिटि काउन्सील सामु जुलुस गरेका थिए । यो नियमको सवारी चालकहरुले स्वागत गरेका छन ।

प्रकाशित मिति : २४ श्रावण २०७५, बिहिबार  ६ : २७ बजे