२७ माघ २०८१, आइतबार | Mon Feb 10 2025

अमेरिका र क्यानडाका एनआरएन नेपाली नागरिकताबाट पाउनबाट बञ्चित हुने : जिसी


२५ श्रावण २०७५, शुक्रबार  

0
Shares

न्युयोर्क । हालै नेपाल सरकारले स‌ंसदमा पेश गरेको गैरआवासीय नेपालीले नागरिकता पाउन सक्ने विधेयक अमेरिका र क्यानडाका एनआरएनप्रति अनुकुल नरहेको पाइएको छ । हरेक नेपालीलाई नागरिकता निरन्तरताको अभियन्तसमेत रहेका कानुन व्यवसायी खगेन्द्र जिसीले यसबारे ध्यानाकर्षणसमेत गराएका छन् ।

परराष्ट्र मन्त्रालयका लागि एनआरएन सल्लाहकार तथा एनआरएन अमेरिकाका पूर्व अध्यक्षसमेत रहेका जिसीले आफ्नो फेसबुकमा लेखेका छन्, ‘नेपाल सरकारले ल्याएको वर्तमान विधेयक र मस्यौदाले अमेरिका, क्यानडा वस्ने नेपालीहरू जसले अमेरिका र क्यानडाको नागरिकता लिएका छन् उनीहरू नेपाली नागरिकता पाउनबाट बञ्चित हुने देखिएको छ ।’

अमेरिकामा नागरिकता लिएकाले नेपाली नागरिकता त्याग गर्नुनपर्ने अवस्थामा एनआरएनले नागरिकता पाउन निजले नागरिकता त्यागेको प्रमाण पेश गर्नु पर्ने प्रावधानले पुन: दुई मुलुकका नागरिकलाई असहज तुल्याएको उनको दाबी छ। उनको प्रश्न छ, ‘अमेरिकामा कूनै पनि नेपाली नागरिकले अमेरिकन नागरिकता पाउदा नेपाली नागरिकता त्याग गर्न न पर्ने हुनाले अमेरिकामा बस्ने गैर आवासीय नेपालीहरूले नेपाली नागरिकता त्यागेको प्रमाण कसरी ल्याउने ?’

जिसीले एनआरएनले नेपाली नागरिकता पाउन सहज र सजिलो प्रावधान राख्नका लागि राख्न विश्वभरका गैर आवासीय नेपाली संघ र त्यसका सदस्यहरूले जोड्दार आवाज़ र लबिङ गर्नुपर्ने बेला आएको बताएका छन् ।

२०७२ सालमा जारी भएको ‘नेपालको संविधान’ले एनआरएनले नेपालको नागरिकता प्राप्त गर्न सक्ने अधिकार उल्लेख गरेको थियो। ‘नेपाल नागरिकता ऐन, २०६३लाई संशोधन गर्न बनेको विधेयक’ मा विदेशमा रहेका नेपाली नागरिकलाई शर्तसहित नेपाली नागरिकता प्रदान गर्न सकिने व्यवस्था गरिएको थियो ।

यस्तो छ संसदमा पेश गरिएको विधेयक

एनआरएनले पाउने भए नेपाली नागरिकता, राजनीतिक अधिकार भने नपाउने

प्रकाशित मिति : २५ श्रावण २०७५, शुक्रबार  ११ : १३ बजे