११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

फोनिजको १९औं स्थापना दिवस, चार पत्रकार फोनिज पुरस्कारबाट पुरस्कृत


२७ श्रावण २०७५, आइतबार  

0
Shares

शुभप्रभात राई/काठमाडौं

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को १९औं स्थापना दिवसमाको अवसरमा चार जना पत्रकार फोनिज पत्रकारिताबाट पुरस्कृत भएका छन् ।

फोनिजले हरेक वर्ष प्रदान गर्दै आएको पत्रकारितामार्फत यस वर्ष पत्रकारहरु उजिर मगर (अनलाईन), भैरव आङला (टेलिभिजन), छेटु शेर्पा (छापा) र बिमला चौधरी (रेडियो) विधामा पुरस्कृत भएका हुन् ।

फोनिजको स्थापना दिवसको अवसरमा आइतबार अनामनगरस्थित तमु बौद्ध सेवा समितिको सभाहलमा चारैजनालाई जनही ४० हजारसहित सञ्चारमन्त्री गोकुल बास्कोटाले पुरस्कार हस्तान्तरण गरे।

साउन १५ गते बसेको फोनिज सचिवालय बैठकले चार जनाको अनुमोदन गरेको थियो ।  पुरस्कार छनौट समितिको २०७५ साउन १४ गते बसेको बैठकले गरेको पुरस्कार छनौट सम्बन्धी निर्णय गरेको फोनिजले जनाएको छ ।

कार्यक्रममा फोनिजका पूर्वअध्यक्ष खिम घले, नेपाल आदिवासी जनजाति उत्थान संस्थाका उपाध्यक्ष चन्द्रबहादुर गुरुङ, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, नेपाल पत्रकार महासंघका उपअध्यक्ष दिलिप थापा मगर, सचिव लक्ष्मी पुन मगर, प्रेस युनियनका वरिष्ठ उपअध्यक्ष दीपक आचार्य, प्रेस चौतारी नेपालका महासचिव राजेश राईलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७५, आइतबार  ८ : १३ बजे