१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

इमरान खानद्वारा प्रधानमन्त्री पदको शपथ ग्रहण


२ भाद्र २०७५, शनिबार  

0
Shares

फोटो: The Express Tribune

काठमाडौँ । पाकिस्तानको नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानले शनिबार सपथ ग्रहण गरेका छन् ।

मुलुकको सवै भन्दा ठूलो पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई)बाट प्रधानमन्त्रीको उम्मेदवार भई विजयी हुनु भएका खान पाकिस्तानको २२ औँ प्रधानमन्त्री बनेका हुन् ।

प्रधानमन्त्री बन्नका लागि आवश्यक पर्ने १७२ मत मध्ये प्रतिनिधि सभामा शुक्रबार भएको निर्वाचनमा खानले १७६ मत पाएपछि उनलाई शनिबार सपथ ग्रहण गराइएको हो ।

खानका प्रतिश्पर्धी तथा पाकिस्तान मुस्लिम लिगबाट प्रधानमन्त्रीको उम्मेदवार बन्नु भएका शाहबाज शरिफले भने ९६ मत मात्रै प्राप्त गरेको थियो ।

सपथग्रहण समारोहमा उच्च पदस्थ व्यक्ति, विदेशी पाहुनाहरुसँगै उहाँकी श्रीमती बुशरा मेनका पनि सहभागी हुनुभएको समाचारमा जनाइएको छ ।

गत जुलाई २५ तारिखमा पाकिस्तानमा भएको आमनिर्वाचनबाट पूर्वक्रिकेटर खानको पार्टी तेहरिक–ए–इन्साफ (पिटीआइ) ले ११४ स्थानमा जित हासिल गरेर सवै भन्दा ठूलो पार्टी भएको छ ।

सरकार गठनका लागि आफुले मात्रै बहुमत प्राप्त नगरेकाले उनले गठबन्धन सरकार बनाउनु पर्ने भएको छ ।
विपक्षीहरुले अस्विकारेकाले विवादका बीच निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार, प्रमुख तीन दल तेहरिक–ए–इन्साफले ११४, पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लीगले ६३ र पाकिस्तान पिपुल्स पार्टीले ३९ स्थान जितेका छन् ।

सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि कब्जा गर्न सफल पाकिस्तानी टिमको नेतृत्व गरेका विश्व चर्चित खान अहिले प्रधानमन्त्री बनेका हुन् ।

प्रकाशित मिति : २ भाद्र २०७५, शनिबार  ९ : ४७ बजे