राष्ट्रसङ्घका पूर्व महासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको शनिबार बिहान निधन भएको छ । घानामा जन्मेका ८० वर्षे अन्नान पछिल्लो समय स्वीट्जरल्याण्डमा बसोबास गर्दै आएका थिए ।
अन्नानले सन् ११९७ देखि २००६ सम्म राष्ट्रसङ्घको प्रमुखका रूपमा दुई कार्यकाललाई सफलतापूर्वक पूरा गरेका थिए ।
संयुक्त राष्ट्रसंघका भूतपूर्व महासचिव कोफी अन्नानको स्वीट्जरल्याण्डको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
उनी संयुक्त राष्ट्रसंघको सबैभन्दा उच्च पदमा पुग्ने अन्नान पहिलो अश्वेत अफ्रिकी नागरिक थिए ।
सन् २००१ मा अन्नानलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो ।