शुभप्रभात राई/काठमाडौं
नेपाली कांग्रेसका नेता डा.नारायण खडकाले अहिलेको सरकारले दुई तिहाईको दम्भमा बाटो अल्मलिरहेको आरोप लगाएका छन् ।
सोमवार राजधानीको भृकुटीमण्डपस्थित रिपोर्टस क्लवको आयोजित सरकारको ६ महिनाको समीक्षा बिषयमा अन्तरकृयामा बोल्दै खडकाले भने ‘दुईतिहाईको दम्भमा जेपनि गर्न मिल्ने हिसावमा सरकार अगाडि बढेको छ, समृद्ध नेपाल र सुखी नेपाली को नारा भट्याउदै छ महिना त्यसै बितिसकेको छ ।’
सिन्डिकेट तस्करी अन्त्य भनिएपनि ती जस्तातस्तै रहेको उनको आरोप थियो। भने, ‘सरकारको छ महिने कार्यकालको ७८ पेजको पुस्तक पढिरहदा सिन्डिकेटको अन्त्य भनेको छ, तर अझै रुट पर्मिटहरु नमिलेर यातायात समितिमा अझै उजुरी छ। तस्करीको अन्त्य भनेको छ तर ३० किलो सुन काण्डको पनि साना तिना मात्रै माछा समाते। अझै ठुला माछाहरुको पत्तै लगाउन सकेको छैन।’
सरकारले माईतीघर मण्डलामा निषेध लगाउने कुरा, पत्रकारहरुलाई नयाँ विधि विधान अनुसार दमनमा पार्ने कानुन, रेल अनि पानी जहाजको कुरा गर्दै चित्त नबुझ्दो तरिकाले सरकारको ६ महिनामा बितेको बताउदै उनले जनताले दुईतिहाईको सरकारमा हुनसक्ने परिवर्तन अहिले सम्म देख्न र पाउन नसकेको तर्क गरे ।
कार्यक्रममा खडका, नेकपा का सोमप्रसाद पाण्डे र राष्ट्रिय जनता पार्टीका नेता अनिल झा सहभागी थिए।
नेता पाण्डेले भने सरकारको बचाउ गर्दै अहिलेको प्रधानमन्त्री नेपाली जनताले सफल प्रधानमन्त्री पाएको र जनता अहिले अरुको कुरा सुनेर बस्नु भन्दा ६ महिनामा के कस्ता कामहरु सफल भैसक्यो भनेर आफैले अवोकन गर्दा छर्लङ्ग हुने बताए।
अहिले सरकार ईतिहासकै काल खण्डमा मुलकको हितको निम्ती, नेपाली जनताको हितको निम्ती सोच राख्ने र यसको निम्ती दुरगामी कार्यक्रम को एजेण्डा बानाएर अघि बढिरहेको बताउदै चुस्त, दुरुष्त आफ्नो एजेण्डाहरुलाई बनाएर सरकार यति बेला द्रुत गतिमा अगाडि बढिरहेको पाण्डेको भनाई थियो ।
पाण्डेले केपी ओलीको बिरुद्धमा कसैले पनि शंका गर्नु नपर्ने बताउँदै मुलुक र जनताको हितको निम्ति विशिष्ट सोच र बिचार राख्ने एक सफल प्रधानमन्त्री अहिलेको सरकारमा भएको दावी गरे।
दुई तिहाईको बहुमत भएपछी संविधानको संसोधन गर्ने, मधेशको मुद्धाहरुलाई सम्बोधन गर्ने र आदिबासीको मुद्धहरुको पनि सम्बोधन गर्ने जस्ता सम्झौतामा अहिलेको सरकारलाई आफुहले विश्वासको मत दिएको तर ६ महिना बितिसक्दा पनि अझै गम्भीर नभएको अनिल झाको आरोप थियो।