नेपाली डाइस्पोरा सहयोगी काउन्सीलमेन कोष्टलाई सघाउन नेपाली अमेरिकन जुटदै ।

२०७५ भाद्र ८, शुक्रबार ०५:५७

न्यूयोर्कमा नेपाली अमेरिकी समुदायको उपस्थिति बढ्दो छ । यो सगै अमेरिकी मुलधारको राजनीतिमा चासो बडन थालेको छ । पछिल्ला केहि वर्ष यता नेपाली समुदायका अगुवाहरुको अमेरिकी मुलधारको राजनीतिमा सहभागिता र पहुच पनि बढिरहेको छ । यसै सिलसिलामा अहिले न्यूयोर्कको क्वीन्स बोरो प्रेसिडेन्टका लागि उम्मेदवारी घोषणा गरेका काउन्सिल म्यान कोष्टा कोन्स्टान्टीनिडलाई सहयोग गर्न यतिखेर नेपाली अमेरिकी समुदायहरु सक्रियताका साथ लागेका छन ।

काउन्सिल म्यान कोष्टा नेपाली डायस्पोरालाई सदभाव राख्ने सहयोगी डेमोक्रेटिक लिडर हुन् । उनी न्यूयोर्क सिटीको डिस्टीक २२ का काउन्सिल म्यान हुन् । उनी सन् २०१३ मा ६५ प्रतिशत मतसहित विजयी भएका थिए भने सन् २०१७ मा ९३ प्रतिशत मत सहित दोस्रो कार्यकालका लागि विजयी भएका थिए । डेमोक्रेटीक पार्टीका नेता कोष्टा निकै चर्चित नेता मध्येका एक हुन् ।
कोष्टाले नेपाली समुदायको हितमा उल्लेखनिय कार्यहरु गरेका छन । ति कार्यहरुमा प्रशंसा गर्न लायक कार्यहरु मध्ये एल्महस्र्ट हस्पिटलमा नेपाली भाषाको व्यवस्थाका लागि निरन्तर संघर्ष गरिरहेका छन् । त्यस्तै डिपार्टमेन्ट अफ मोटर भेहिकल अर्थात डिएमभीबाट सवारी चालक अनुमति पत्रका लागि लिईने आवेदन नेपाली भाषामा दिन पाउने व्यवस्थाका लागि पहल गर्ने अभियन्तका रुपमा मानिन्छ ।

आफनो अधिकारको रक्षा र सुविधा विस्तारका लागि मुलधारको राजनीतिमा प्रवेश अनिवार्य भएको महशुस गर्दै पहल गदै आएका छन ।  नेपाली अमेरिकी समुदायको हितमा योगदान पुर्‍याउदै आएका काउन्सिल म्यान कोष्टाको उम्मेदवारीप्रति ऐक्यवद्धता जनाउदै नेपाली समुदायले उनको सहयोगको लागी यही शनिबार दिउसो साढे १२ बजे देखि कोष्टसंग भेटघाट र सहयोग कार्यक्रम राखेको कार्यक्रम संयोजक यादब बास्तोलाले एभरेष्टटाइम्सलाई बताए ।

‘ हामी मुलधारको राजनितिमा चासो दिएर अघि बडौ र हामी नेपाली अमेरिकन समुदायलाई सहयोग कोष्टालाई सहयोग गरु भन्ने सोचका साथ हामी यसरी लागेका हौ’ बास्तोलाले भने-‘ कोष्ट नेपाली समुदायको लागी निकै सहयोगी र लोकपि्रय नेता भएकोले पनि हामीले उनलाई सहयोग गर्नु पर्छ’ । न्युयोर्कको क्विन्सस्थित ३९-३० स्ट्रीट उडसाइडमा हुन लागेको भेटघाट कार्यक्रममा सहभागिताका लागि संयोजक बास्तोलाले नेपाली डायस्पोराका सम्पूर्ण संघसस्थाहरु तथा समुदायहरुलाई आग्रह गरिएको छ ।

सम्बन्धित समाचार