२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

रिपोर्टस क्लवमा हास्य कलाकारको गाईजात्रा


११ भाद्र २०७५, सोमबार  

2
Shares

शुभप्रभात राई / काठमाडौं

आज गाइजात्रा । सोही अवसरमा बिहान रिपोर्टस् क्लबमा हास्य कलाकार गाइजात्रा कार्यक्रमका लागि उपस्थित भएका थिए।

देशमा भएको समसमायिक विषयमा कलाकारहरुले व्यङ्ग्य गरेका थिए । राजनीतिक नेता देखि बलात्कार प्रकरणसम्मको विषयको कुराहरु उनीहरुले उठान गरे।

सोमवार राजधानीको रिपोटर्सक्लवमा आयोजना भएको कार्यक्रममा कलाकारहरु मनोज गजुरेल, दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दमन रुपाखेती, श्रीकृष्ण सिङ्खडा, राजाराम पौडेल, जोगिन्दर चौधरी, पल्पसा पौडेल लगायतको उपस्थिति रहेको थियो।

गाईजात्रा नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व रुपमा परिचित हुदै, नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ ।

गाईजात्रा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । गाई वा गाईको रूपमा सिँगारेर मानिसलाई नगर परिक्रमा गरेर यो पर्व मनाइने भएकोले यस पर्वलाई गाई जात्रा भनिएको हो ।

कार्यक्रममा सम्पूर्ण हास्य कलाकारहरु द्धारा राज्यप्रतिको ब्याङ्ग्यात्मक प्रहार गरको थियो।

प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार  ४ : २२ बजे