लामो समयदेखिन गीत तथा कविता लेखनमा क्रियासिल अमेरिका निवासी गीतकार लाक्पा डेण्डी शेर्पाको एल्वम ‘दुई नयन’ सार्वजनिक भएको छ । राजधानीमा हालै आयोजित कार्यक्रममा बरिष्ठ गीतकार डा.कृष्णहरि बराल र संगीतकार शक्ति बल्लभले उक्त एल्बमको संयुक्त रुपमा सार्वजनिक गरेका थिए । भोजपुर जिल्लामा जन्मेका गीतकार शेर्पा अमेरिकास्थित शेर्पा संघ अमेरिका तदर्थ समितिको पुर्व महासचिव तथा आइतबार न्युयोर्कमा सम्पन्न शेर्पा संघको प्रथम अधिबेसनमा बरिष्ठ उपाध्याक्ष पदमा निर्विरोध निर्वाचित भएका छन ।
राजधानीमा आयोजित कार्यक्रममा डा.बरालले गीतकार शेर्पाका गीतहरु सुनेर निकै प्रसंसा गरेका छन । ‘ दुई नयन एल्बममा समावेश राष्ट्रिय गीतले मेरो मन छोयो’ बरालले भने ‘विदेशमा रहेर पनि नेपाली गीति लेखनमा गीतकार शेर्पाले देखाएको मोहलाई सकरात्मक रुपमा लिनुपर्छ ।’
गीतकार शेर्पाले आफना दुई छोरीमा समर्पित गर्दै एल्बमको नाम ‘दुई नयन’ जुराएका हुन । आफना प्यारी छोरीहरु आखाको नानीजस्तै भएकाले पहिलो सांगीतिक कोशेलीलाई ‘दुई नयन’ नामांकन गरेको गीतकार शेर्पाले बताए । उनको एल्बममा बुद्धले परिनिर्वाण , स्वच्छ आकाश, उठौ वीरका सन्तति, म त अस्मिता लुटिएकी, -केटा-केटी भर्सनमा छ । माथि है साल्पा लेकैमा बोलका गीत रहेका छन् । उनको एल्बमको गीतहरु कलाकारहरु जगदिश समाल, यशोदा तिमिल्सिना, विष्णु अधिकारी, गणेश पराजुली, यम बराल, डोमा शेर्पा, एपी शेर्पा र मेलिना राईको स्वर रहेको छ, भने संगीत ओम कर्माचार्य, सन्तोष श्रेष्ठ, गणेश पराजुलीले दिएका छन ।
१२ भाद्र २०७५, मंगलबार
0
Shares