एनआरएनए न्युयोर्क च्याप्टरको संयोजकत्वमा गत मे २० तारिख न्युयोर्कको म्यानहृटनमा सम्पन्न नेपाल डे परेड तेश्रो २०१८ को आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको छ । च्याप्टरको अध्यक्ष रामहरि अधिकारीको संयोजकत्वमा बनेको नेपाल डे परेड तदर्थ समितिले यस बर्ष तेस्रो नेपाल डे परेड आयोजना गरेका थिए । च्याप्टरका अध्यक्ष अधिकारीले तदर्थ समितिको गत अगष्ट १८ तारिख थकाली किचन रेष्टुरेन्टमा भएको बैठकको निर्णय पछि आर्थिक विवरण विज्ञाप्ती मार्फत सार्वजनिक गरेको हो । च्याप्टरले जारी गरेको विज्ञाप्तीमा प्रवासमा नेपाली पहिचानलाई जीवन्तता दिने, नेपाली भेषभुषा, सस्कृति एवं गरिमालाई विश्वकै विविधताको परिचयको लागी न्यूर्योक शहरमा सम्पन्न नेपाल डे परेड तदर्थ समितिका सदस्यहरु, न्यूयोर्कस्थित बिभिन्न संघ संस्थाहरु,सामाजिक अभियान्ता, समाजसेवी, वुद्धिजिवि, व्यवसायी, पत्रकार एवं तमाम नेपाली मनहरुलाई धन्यवाद दिदै खर्चको विवरण पेश गरेको जनाएको छ । च्याप्टरले जारी गरेको विज्ञाप्तीसंगै आर्थिक विवरण यस प्रकार रहेको छ ।
प्रेस बिज्ञप्ती
तेश्रो नेपाल डे परेड २०१८ का सम्वन्धमा
आदरणिय गैरआवासिय नेपाली दाजुभाई तथा दिदी बहिनिहरु,
प्रवासमा नेपाली पहिचानलाई जीवन्तता दिने, नेपाली भेषभुषा, सस्कृति एवं गरिमालाई विश्वकै विविधताको परिचयक महानगरी न्यूर्योक शहरमा नेपाल डेपरेडले तेश्रो आयाम पुरा गरेको कुरा यहाँहरु सबैलाई सर्वविदित नै छ ।मे २०, २०१८ मा सम्पन्न कार्यक्रममा एनआरएनए न्यूयोर्क च्याप्टरले संयोजनकारी भुमिका निर्वाह गरेको र नेपाल डे परेड २०१८ संचालन तदर्थ समितिकोआयोजनामा न्यूयोर्कस्थित बिभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दै सम्पन्न भएको र सो कार्यमा सहयोग पुराउनुहुने सम्पूर्ण सामाजिक अभियान्ता, समाजसेवी,वुद्धिजिवि, व्यवसायी, पत्रकार एवं तमाम नेपाली मनहरु जसले सो कार्य सम्पादनमा अतुलनिय सहयोग पुराउनु भएको छ, आयोजक कमिटि एवं संयोजककमिटिको तर्फबाट हार्दीक धन्यवाद एवं कृतज्ञता ज्ञापन गर्न चाहन्छु । सामाजिक अन्यौलताका कारण पनि नेपाल डे परेड २०१८ मा धेरै साथीहरु समावेशहुन नसक्नु भएको कुरालाई आत्मसाथ गरिएको छ ।व्यवहारिक कठिनाई र समस्याको समाधान गर्दै राष्ट्यि र सामुहिक महत्वको बिषयमा एनआरएनएनेपाली मात्रको साझा संस्था रहेको हुँदा गोलवन्द भई समाजलाई अग्रगामी दिशानिर्देश गर्न सहयोग पुराउनुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु । नेपाल डे परेड २०१८ को आय व्यय विबरण कार्यक्रम परेड सकिएको एक महिना भित्रनै सार्वजनिक गरिनेछ भन्ने हाम्रो प्रतिवद्धता रहेको थियो ।नेपाल डेपरेड २०१८ तदर्थ समितिमा प्रस्तुत आर्थिक प्रतिवेदन प्रकृयागत रुपमा नेपाल डे परेड २०१८ स्टेरिङ कमिटिमा पेश गरी छलफल गर्ने र त्यसलाई प्रेसबिज्ञप्ती मार्फत सार्वजनिक गर्ने तदर्थ समितिको निर्णय बमोजिम मिति अगष्ट १८, २०१८ मा मिटिङ बोलाइएको कुरा जानकारीका लागि अनुरोध गरिन्छ ।हामीले बिगतमा सार्वजनिक रुपले जाहेर गरेको आर्थिक पारर्दशितालाई मध्यनजर गर्दै कन्भेनर रविकिरण कोइरालाले पेश गर्नु भएको खर्च विबरणउपस्थित तदर्थ समितिका सदस्य ज्यूहरु र स्टेरिङ कमिटिका सदस्य ज्यूहरुको सर्वसम्मत निर्णयबाट निम्न अनुसारको आर्थिक प्रतिवेदन अनुमोदन गरेकोथियो । अनुमोदित खर्च विबरणमा एनआरएनएको खर्च समेत समावेश गरि सार्वजनिक गर्ने निर्णय गरिएको जानकारी गराउन चाहन्छु ।प्रस्तुत आर्थिकप्रतिवेदन सम्वन्धी केही जिज्ञासा भएमा तदर्थ समिती वा तेश्रो नेपाल डे परेड २०१८ का कन्भेनर श्री रविकिरण कोइरालासंग सम्पर्क गर्नुहुन समेत बिनम्रअनुरोध गर्दछु ।चौथो नेपाल डे परेड २०१९ लाई कसरी अगाडि बढाउने भन्ने सन्र्दभमा बृहत टाउन हल मिटिङबाट छलफल गरि टाउन हल मिटिङको निर्णय बमोजिमअगाडि बढ्ने र टाउन हल मिटिङको मिति, समय र स्थान भने नेपाल डे परेड २०१८ तदर्थ समितिको आगामी सेप्टेम्बर ८, २०१८ मा बस्ने बैठकले निर्धारणगर्ने कुरा जानकारी गराउन चाहन्छु । अन्तत तेश्रो नेपाल डे परेड बिभिन्न कठिनाईका वाबजुत निरन्तरता पाउन सकेकोमा खुसी व्यक्त गर्दै भविश्यमा हुनेनेपाल डे परेडमा सम्पूर्ण नेपालीहरु गोलवन्द हुन सक्ने वातावरणको सृजना गरौं । बिविधतामा एकता नै हाम्रो बल हो भन्ने तथ्यलाई मनन गर्दै सम्पूर्ण संघसस्था एवं गैरआवासिय नेपाली समुदायलाई समेटेर समग्रमा राष्ट्यि पहिचान, सामुहिक हित र भावी पिढीका लागि अनुकरिणय, दिगो र जिवन्त नेपालीपहिचान हस्तान्तरण गर्न सकौं । सो कार्यकालागि हामी सबैको योगदान अपरिहार्य रहन्छ ।
भवदिय
रामहरि अधिकारी
संयोजक
तदर्थ समिति नेपाल डे परेड २०१८
च्याप्टर अध्यक्ष
एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टर
आयब्यय विबरण निम्नानुसार छ ।
BALANCE SHEET FOR NEPAL DAY PARADE 2018 | ||||
S.N. | Income | Amount | Expenses | Amount |
01. | Savings from 2016/017 | $14,655.11 | Float Trucks | 2200.00 |
02. | – | – | Float Material | 461.50 |
03. | – | – | Sound on the Run | 2000.00 |
04. | – | – | NDP T-Shirts | 1000.00 |
05. | – | – | Print & Design | 3207.75 |
06. | – | – | Food | 2587.01 |
07. | – | – | US Flags | 189.00 |
08. | – | – | Nepali Flags | 175.00 |
09. | – | – | Home Depot | 317.20 |
10. | – | – | Flags & Courier | 200.00 |
11. | – | – | Water | 605.00 |
12. | – | – | Transportation | 431.73 |
13. | – | – | Portable Toilets | 450.00 |
14. | – | – | Moktan Digital | 1000.00 |
15. | – | – | DJ Jangbu | 500.00 |
16. | – | – | Video Promo | 300.00 |
17. | – | – | Paper Advertisements | 1000.00 |
18. | – | – | Photography | 800.00 |
19. | – | – | Frame Design | 100.00 |
Total Income | $14,655.11 | Total Expenses | $17524.19 | |
Net Loss/Profit | (2869.08) | |||
NRNA BALANCE SHEET FOR NEPAL DAY PARADE 2018 | ||||
S.N. | NRNA Income | Amount | NRNA Expenses | Amount |
01. | DR Keshab Paudel | 350.00 | Banners and Ribbon | 805.00 |
02. | Gouri R Joshi | 250.00 | Float Trucks | 1400.00 |
03. | Suneel Sah | 300.00 | Food | 392.00 |
04. | Gopendra Bhattarai | 250.00 | Transportation & other | 100.00 |
05. | Dharma Raj Adhikari | AUS. $150 | ||
06. | Nabin Sherchan | 100.00 | ||
07. | Babu Ram (BR) lama | 100.00 | ||
08. | Bandana Koirala | 100.00 | ||
09. | Goma Sen | 100.00 | ||
10. | Hom Gautam | 100.00 | ||
11. | Sanjay Thapa. | 100.00 | ||
12. | Ang Ngima G Sherpa. | 100.00 | ||
13. | Ram Hari Adhikari | 100.00 | ||
14. | Mahesh Khadka | 100.00 | ||
15. | Kanchan KC | 100.00 | ||
16. | Begam Pandit | 100.00 | ||
17. | Prem K Rai | 100.00 | ||
18. | Balram Shrestha | 100.00 | ||
19. | Gopal Gurung | 100.00 | ||
20. | Reemaya Nepali | 42.00 | ||
Total Income | $2697.00 | Total Expenses | $2697.00 | |
Net Loss/Profit | 0.00 |