८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

जोरवीरको अध्यक्षतामा किरात राई अर्गनाइजेसन क्यालिफोर्निया च्याप्टरमा नयाँ कार्यसमिति


२० भाद्र २०७५, बुधबार  

0
Shares

घनश्याम किराँती/क्यालिफोर्निया

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका(युक्रा) क्यालिफोर्निया च्याप्टरको अध्यक्षमा जोरवीर राई चयन भएका छन् । सेप्टेम्बर १ मा भएको महाधिवेशनबाट आगामी ३ वर्षका लागि जोरवीरको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो ।

संस्थाको उपाध्यक्षमा पार्वती लामा राई र सुमित्रा कुँवर राई, महासचिवमा टक्सन राई, कोषध्यक्षमा सुश्री नवीन राई र सदस्यहरुमा दियोराम राई, लक्ष्मी राई, सौजन राई, हिरा राई, गायत्री थापा राई र कला राई चयन गरिएको छ ।

संस्थाका पूर्वअध्यक्ष तथा जनजाति महासंघ क्यालिफोर्निया च्याप्टरका अध्यक्ष देव किराँतले नव गठित पदाधिकारिहरुको घोषणा गर्दै सम्पूर्ण नव पदाधिकारी तथा सदस्यलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिए ।

यसै गरी संस्थाका सल्लाहकार तथा बे एरियाका पुरानो छाता संस्था नान्सका अध्यक्ष रवीन्द्र राईले नव निर्वाचितलाई बधाई तथा शुभकामना ब्याप्त गर्दै निकट भबिश्यमा बन्न लागेको नेपाली सामुदायिक केन्द्रलाई सहयोग गर्न आह्वान गरे ।

संस्थाका सल्लाहकार, नान्सका पूर्व अध्यक्ष तथा नेपाली सामुदायिक केन्द्रका परिकल्पनाकार यान राईले यस संस्थाको भूमिकाबारे प्रकाश पारे।

संस्थाका निवर्तमान सचिव जिएस राईले कार्यक्रमा उपस्थित सबैलाई धन्यवाद दिंदै आफ्नो अमूल्य समय दिई स्वादिस्ट परिकार उपलब्ध गराउनु हुने सबै परिवारहरुमा क्रृतज्ञता ज्ञापन गरेका थिए।

साथै कार्यक्रममा गत अगस्त ११ तारिख शनिवार न्युयोर्क शहरमा सम्पन्न प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ की सेकेन्ड रनर अप तथा मिस बेस्ट स्माइली सिर्जना राईलाई संस्थाका निवर्तमान अध्यक्ष अबिकुमार थुलुङ राईले बधाई दिदै सम्मान गरे।

त्यसै गरी निवर्तमान अध्यक्ष राईले पुर्खाहरु भक्त बहादुर राई, थमान सिंह चितौरे र बरिष्ठ संगीतकार मदन दिपबिम र चर्चित लोक गायिका शिवा देवान “दिपबिम”लाई सम्मान गर्दै नव कार्य समितिका पदाधिकारिहरुलाई खादा ओढाई शुभकामना दिए ।

नव निर्वाचित अध्यक्ष जोरबीर र महासचिव टक्सनले संस्थागत कार्यमा धेरै अनुभव नभए पनि आफुहरूलाई विश्वास गरी दिएको कार्यभारलाई पुरा गरेरै छोड्ने अठोट व्यक्त गरे ।

प्रकाशित मिति : २० भाद्र २०७५, बुधबार  ५ : ४७ बजे