कञ्चनपुर। निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको नयाँ टोलीले अनुसन्धान थालेको दुई साता भएको छ। प्रहरीले निर्मलाको बलात्कार र हत्या कुन ठाउँमा भयो र हत्यामा कतिजना संलग्न थिए भन्नेबारे कुनै तथ्य फेला पार्न सकेको छैन।
कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले आफूले अनुसन्धान क्रममा सयजना भन्दा बढीसँग सोधपुछ गरेको बताएका छन्। ‘शंकास्पद कतिपयलाई कागज गराएर छाडेका छौं, कतिलाई सामान्य सोधपुछ गरेर छाडेका छौं,’ उनले भने, ‘शंकास्पद सबैमाथि सबै कोणाबट अनुसन्धान गरिरहेका छौं।’
यस अवधिमा धेरै प्रमाण नष्ट भइसकेकाले अनुसन्धानमा जटिलता उत्पन्न भएको उनको भनाइ छ। ‘हामीले वास्तविक घटनास्थल नै हेर्न पाएनौं, कतिजनाले कुल्चे होलान्, कति पानी बग्यो, एक महिना ढिलो हुँदा अनुसन्धान गर्न गाह्रो भएको छ,’ उनले भने। सोधपुछमा रोशनी बम दिदी बहिनीबाट पनि अहिलेसम्म कुनै कुरा खुलेको छैन।
अहिलेसम्म कुनै ठोस तथ्य खुल्न नसकेको उनले बताए । निर्मलाको शव साउन ११ गते भेटिएको थियो। घटना भएको एक महिनाभन्दा बढी भइसकेको छ।
यो नागरिक दैनिकमा खबर छ ।