२८ माघ २०८१, सोमबार | Tue Feb 11 2025

नेवा गुठीमा प्रधानको नेतृत्वमा नया कार्यसमिति


Ang

२५ भाद्र २०७५, सोमबार  

0
Shares

नेवा गुठी न्युयोर्कको हालै सम्पन्न अधिबेसनले निर्मल प्रधानको नेतृत्वमा नया कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्षहरुमा बिजय मान सिंह र सृजना तुलाधार, महासचिवमा सन्तोष मर्हजन, सचिवमा सुवर्ण शाक्य, कोषाध्यक्षमा सुर्य श्रेष्ठ मर्हजन र सहकोषाध्याक्षमा हृदय तुलाधार चयन गरेका छन ।

त्यस्तै सदस्यहरुमा बिरेन्द्र मानन्धर , बिनीता नकर्मी, प्रकाशधर तुलाधर, शौमिन्द्र रन्जित, सृजना मल्ल, कबिना महर्जन ,निशा श्रेष्ठ लामा र मोहिनी श्रेष्ठ चयन भएका छन ।

सन २००७ मा न्युयोर्कमा स्थापित नेवा गुठीले नेवार जातीको मौलिक भाषा र परम्परागत सस्कृति जर्गेनाका लागी न्युयोर्कमा विभिन्न कार्यक्रमहरु गदै आएको छ । सस्थाको लक्ष्य र उद्धेस्य प्राप्तीसंगै बिगतको गतिविधिहरुलाई निरन्तरता दिनका सबैको सहयोगमा अघि बडने सोच बनाएको नवनिर्वाचित अध्यक्ष निर्मल प्रधानले बताए ।

प्रकाशित मिति : २५ भाद्र २०७५, सोमबार  ७ : ३७ बजे