३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

अमेरिकन बाबु मेड इन अमेरिका’को सफलतापुर्वक पि्रमियर


Ang

२६ भाद्र २०७५, मंगलबार  

0
Shares

अमेरिकी जीवन र कथामा आधारित नेपाली चलचित्र ‘ अमेरिकन बाबु मेड इन नेपाल’ को आइतबार न्युयोर्कमा सफलतापुर्वक पि्रमियर भयो । डि्रम्स गेट फिल्मस प्रालिको व्यानरमा अमेरिकामा निर्माण भएको यो चलचित्रमा अधिकांस न्युयोर्कबासी कलाकारहरुले अभिनय गरेका छन ।

दुई वर्षभित्रमा तयार भएको चलचित्र हेर्न झरिको मौसममा पनि दर्शकहरुको ओइरो लागेको थियो । राजेश गुरुङ, मञ्जु रानामगर र सम्झना उप्रेती निर्माता रहेका उक्त चलचित्र इश्वर थापाले निर्देशन गरेका हुन । चलचित्र प्रर्दशनीको दिन सवै कलाकारहरु उपस्थित थिए । कलाकारहरुलाई रेड कार्पेटमा स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित नेपाल कन्सुलेटका बाणिज्यदुत कृषु क्षेत्रीले अमेरिकी जीवन र संघर्षको बारेमा बनेको चलचित्रले यहाको बास्तविकतालाई उजागार गरेको बताए ।

चलचित्रमा बाबु बोगटी, नन्दिता केसी, क्रिश थापा, ईशान ढकाल, पि्रयंका एैर,प्रवेश उप्रेती, राजेश गुरुङ, नदिया लिबाङ स्मृति पोखरेल, जाङबु शेर्पा, पुष्कर बराल लगायतका कलाकारहरुको अभिनय रहेको छ । न्युयोर्कमा दुई सो सफलतापुर्वक प्रर्दशन भएको चलचित्रको पि्रमियर लगतै कनेटिकेट हुदै अमेरिकाको विभिन्न राज्यहरुको साथै ३ महिनापछि नेपालको विभिन्न हलहरुमा प्रर्दशन हुन लागेको निर्माता राजेश गुरुङले बताए ।

चलचित्र प्रर्दशनीसंगै डि्रम्स गेट फिल्मसको व्यानरमा निर्देशक इश्वर थापाको निर्देशनमा निर्माण हुन लागेको आगामी नया चलचित्र ‘ बुलेटप्रुफ शेर्पा’ को समेत घोषणा गरेका छन । निर्देशक थापाको आगामी अर्को नया चलचित्र ‘ बुलेटप्रुफ शेर्पामा ‘कलाकार जाङ्बु शेर्पाको मुख्य भुमिका हुने भएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७५, मंगलबार  ९ : ४४ बजे