१८ मंसिर २०८०, सोमबार | Mon Dec 4 2023

कांग्रेस नेता वाग्लेका दुई कृति एकसाथ सार्वजनिक


३० भाद्र २०७५, शनिबार  

0
Shares

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता चिरञ्जीवी वाग्लेका दुई पुस्तक आज सार्वजनिक भएको छ ।

कोसेली प्रकाशनले बजारमा ल्याएको ‘उज्यालोतिरको यात्रा’ र ‘नेपाली साहित्य : मेरो दृष्टि’ नामक पुस्तक नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विमोचन गरेका हुन् ।

उक्त अवसरमा सभापति देउवाले वाग्लेका कृतिले नेपाली साहित्यको श्रीवृद्धिमा सहयोग पुगेको विचार व्यक्त गरे ।

साहित्यकार वाग्लेका यसअघि दुई उपन्यास प्रकाशन भइसकेको छ । ‘बन्धनशालामा खीर’ २०७० र ‘बलिदानले बनेको देश’ २०७२ कृति बजारमा आएका थिए ।

‘बहादुर शाह’ र ‘स्वाधीनताको युद्ध र भीमसेन थापा’ दुई कृति प्रकासोन्मुख रहेको विमोचन समारोहमा वाग्लेले जानकारी दिए ।

कार्यक्रममा काङ्ग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा रामशरण महत, पूर्वसभामुख तारानाथ रानाभाट, नेताहरु अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठ, डा नारायण खड्का लगायतले पूर्वनेता वाग्लेको साहित्यिक जीवनको सफलताको कामना गरे ।

प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार  ७ : ४६ बजे