काठमाडौ । गीतकार दीपा राई पुनको गीति एल्बम प्रतिरूपमा रहेको चर्चित गीत ‘ मायाको सागर ‘ को म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ ।
मेलिना राईले स्वरमा रहेको गीतमा अमेरिका जाने युवायुवतीको वर्तमान कदमलाई तिखो प्रहार गरिएको छ ।
राजेश थापाको संगीत रहेको गीतको म्युजिक भिडियोको निर्देशन खगेन्द्र लिम्बुले गरेका छन् । भिडियोमा सविना गोपाली, शैलेन्द्र बस्नेत, प्रकाश लिम्बु र लिला खड्काको अभिनय रहेको छ ।