१० चैत्र २०८१, सोमबार | Mon Mar 24 2025

भोजपुरको चखेवामा टेम्के लिग हुने, महिला र पुरुष दुबैमा टिम दर्ता खुल्ला


२ आश्विन २०७५, मंगलबार  

0
Shares

भोजपुर । टेम्के मैयुम गाउँपालिका वडा नं ४ चखेवास्थित नव प्रतिभा युवा क्लवको खेल मैदानमा प्रथम टेम्के लिग फुटबल प्रतियोगिता हुने भएको छ ।

दशैतिहारको अवसरमा कार्तिक ९ गते देखि नव प्रतिभा युवा क्लवको आयोजनामा प्रथम टेम्के लिग फुटबल हुने क्लबका अध्यक्ष अधिराज राईले जानकारी दिए ।

खेल पुरुष र महिला दुवै तर्फको हुनेछ । सहभागी हुन चाहने कात्तिक ७ गतेभित्र आफ्नो  टिम दर्ता गर्न पाउने छन्। टिम दर्ता शुल्क पुरुषतर्फ ५,००० र मिहिला तर्फ १,००० तोकिएको छ ।

नकाउट चरणमा हुने प्रतियोगितामा विजेतालाई पुरुषतर्फ प्रथम पुरस्कार ७५ हजार , दोस्रोलाई ३५ हजार र तेस्रोलाई १० हजार रहेको छ भने महिलातर्फ प्रथमलाई २० हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ५ हजार प्रदान गरिने छ ।

खेल ९ गते विभिन्न सांस्कृतिक कार्यक्रमका साथ गाउँपालिका प्रमुख धुर्वराज राईकोले उद्घाटन गर्नेछन् ।

युवालाई खेलप्रति आकर्षित गराउने, फूट्बल खेललाई युवा माझ लोकप्रिय गराउने साथै टेम्केलाई पर्यटन तथा ऐतिहासिक धार्मिक स्थलका रुपमा चिनाउने समेत क्लबको मुख्य लक्ष्य रहेको अध्यक्ष राईले जानकारी दिए ।

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलबार  ७ : ४६ बजे