११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

एभरेस्ट टाइम्सले दशौं वर्षिकोत्सव मनाउँदै, चर्चित कलाकारको प्रस्तुति रहने


४ आश्विन २०७५, बिहिबार  

0
Shares

न्युयोर्क । अमेरिकाको न्युयोर्कबाट प्रकाशन हुँदै आएको एभरेस्ट टाइम्स अमेरिकी नेपाली समुदायको मन मनमा बस्न सफल पत्रिका र अनलाइन पोर्टल हो । प्रवासमा नेपाली मन र पन बोकेको यो पत्रिका स्थापनाको १० बर्षगाँठको सुखद अवसर पारेर न्युयोर्कमा विशेष कार्यक्रम ‘ एभरेस्ट नाइट ‘ आयोजना हुन लागेको छ।

चर्चित एवं ख्याति प्राप्त कलाकारहरूको साथमा उक्त कार्यक्रम न्युयोर्कको ज्याक्सनहाइटस्थित भेलोजिनो हलमा नोभेम्बर १० तारिख शनिवार हुनेछ। कार्यक्रममा चर्चित कलाकारहरू सपना श्री, जगदीश समाल, बाबु बोगटी, रेस्मा सुनुवारको साथमा चर्चित लोक गायक बिमल डाँगी र निशा सुनारको रोचक दोहोरी प्रस्तुत हुने छ । त्यस्तै कार्यक्रममा वसन्त डान्स सेन्टर र झङ्कार डान्स सेन्टरको आकर्षक नृत्यहरू प्रस्तुत हुने छ । त्यसैगरी कार्यक्रममा डिजेको समेत हुनेछ ।

प्रकाशित मिति : ४ आश्विन २०७५, बिहिबार  ९ : १० बजे