८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026

‘अन्तरा’ लिएर आइन निशा देशार, विमोचनमा पाँचै गीतको प्रस्तुति


६ आश्विन २०७५, शनिबार  

0
Shares

शुभप्रभात राई/काठमाडौं

गायिका निशा देशारको नयाँ एल्बम अन्तरा बिमोचन भएको छ।

शनिवार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा देशारको नयाँ एल्बम सार्वजानिक भएको हो।

वरिष्ठ गीतकार तथा संगीतकार प्रेमध्वज प्रधान, संगीतकार शक्ति बल्लभ, लेखक हेमन्त ओली, संगीतकार जुगोल डंगोललगायतले ‘अन्तरा’को लोकार्पन गरे।

अन्तरामा हेमन्त ओलीको शब्द तथा जुगोल डंगोलको संगीत रहेको एल्बमलाई विन्ध्याबासिनी म्युजिक प्रालिले बजारमा ल्याएको हो।

एल्बममा पाँच गीत रहेका छन्। निशाले एल्बमका पाँचै वटा गीतहरु प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा गायक आनन्द कार्की, गायिका कुन्ती मोक्तान, गायिका संगीता प्रधान, लोकदोहोरी गायिका सुनिता दुलाल, गायिका केन्जुमा सुब्बालगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति : ६ आश्विन २०७५, शनिबार  ८ : ०२ बजे