प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्र संघको ७३ औं महासभामा भाग लिन आइतबार बिहान न्युयोर्क आइपुगेका छन । अबुदाबी हुदै न्युयोर्कस्थित जेएफके अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेका प्रधानमन्त्रि ओलिलाई राष्ट्रसंघीय नेपाली नियोगका कर्मचारीहरु, गैरआवासीय नेपाली संघ एनआरएन अमेरिका र प्रवासी नेपाली मंचका पदाधिकारीहरु स्वागतका लागी पुगेका थिए । प्रधानमन्त्री ओलि पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालसहित २० जनाको प्रतिनिधिमण्डल न्युयोर्क आइपुगेका छ ।
राष्ट्रसंघीय मुख्यालय नजिकैको ह्यात होटलमा केही दिनको लागी बसोबास रहेको प्रधानमन्त्री ओलीले सेप्टेम्बर २७ तारिख महासभालाई सम्बोधन गर्ने भएको छ । त्यसैपछि न्युयोर्कमा रहेका नेपाली समुदायहरुसग प्रधानमन्त्रि ओलिले यही सेप्टेम्बर २८ तारिख ज्याक्सनहाइटस्थित भेलोजिनो हलमा भेटघाट गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रम नेपाली समुदायको तर्फबाट एनआरएन अमेरिकाको संयोजकत्वमा हुने भएको एनआरएनको बोर्ड अफ डाइरेक्टर तथा सरकारी संयोजन समितिको संयोजक सन्जय थापाले एभरेष्टटाइम्सलाई बताए ।