५ असार २०८१, मंगलबार | Tue Jun 18 2024

देउवाविरुद्ध पौडेलसहितका नेताहरुको मोर्चाबन्दी


१८ आश्विन २०७५, बिहिबार  

0
Shares

सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गर्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेता संगठित हुन थालेका छन् ।

संस्थापनइतर पक्ष छिन्नभिन्न बन्दा देउवाको कार्यशैली झनै एकलौटी हुने भन्दै पौडेलले मोर्चाबन्दी सुरु गरेका हाे।

पौडेलले बालाजुको धौलागिरि सहकारीको कार्यालयमा मंगलबार भेला डाकेका थिए। भेलामा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू शेखर कोइराला, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, गगन थापा, नवीन्द्रराज जोशी,  र प्रदीप पौडेलसहितका नेता उपस्थित भए का थिए।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने त्यहाँ पुगेनन्। पारिवारिक कारणले सिटौला अनुपस्थित भएको नेता अर्जुननरसिंह केसीले बताए।

नेविसंघकाे अधिवेशन, विधान संशोधन, क्रियाशील सदस्यता वितरणजस्ता मुद्दामा देउवाले एकलौटी गर्न खोजेको पौडेलपक्षधरकाे आरोप छ।

महाधिवेशनकाे तयारी अघि नबढेसम्म सभापतिको उम्मदेवारी घोषणा नगर्नेमा पौडेलपक्षीय नेताहरु सहमत भएका छन्।

यो पक्षबाट सभापतिकाे उम्मेदवार बन्न पौडेल आफैं इच्छुक छन्। उनीबाहेक महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य शेखर कोइरालाले पनि उम्मेदवारीमा दाबी गर्दै आएका छन्। कान्तिपुरदैनिकमा खबर छ ।

प्रकाशित मिति : १८ आश्विन २०७५, बिहिबार  ८ : ५२ बजे