९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

सरकारले बाँड्यो दुई महिनामा पौने ३ करोड


१९ आश्विन २०७५, शुक्रबार  

0
Shares

आर्थिक वर्ष सुरु भएको पहिलो दुई महिनामै सरकारले आफ्नो ढुकुटीबाट विभिन्न राजनीतिक दलका नेता,  पार्टि कार्यालय तथा व्यक्तिका नाममा झन्डै तीन करोड रुपैयाँ बाँडेको छ।

अर्थ मन्त्रालयका अनुसारआर्थिक वर्ष ०७४/७५ को साउन र भदौमा आर्थिक सहायता बजेट शीर्षमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, संघीय संसद सचिवालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत निकायका नाममा उक्त रकम निकासा भइसकेको छ । यस अवधिमा राज्यकोषबाट दुई करोड ७९ लाख रुपैयाँ आर्थिक सहायताका लािग निकासा भइसकेको छ ।

यो रकममध्ये(साउनमा) 
-गंगामाया अधिकारी : २० लाख
-एमाले जिल्ला कार्यालय पर्सा : २ लाख ३ हजार
-पूर्वमन्त्री रामकृष्ण ताम्राकार : १५ लाख
-राष्ट्रकवि माधव घिमिरेको उपचार खर्च : १४ लाख ९८ हजार
-विभिन्न व्यक्तिका नाममा : ४६ लाख ५० हजार रुपैयाँ बाँडिएको छ ।

(भदौमा)
नेता नरहरि आचार्यको उपचार खर्च : ३३ लाख ६१ हजार
निर्वाचनमा घाइते २४ जनाको उपचार : २७ लाख ६० हजार
दक्षिण एसिया गुठी र काठमाडौं युनिभर्सिटी स्कुल अफ ल : ३० लाख
देशघरका विभिन्न व्यक्तिका नाममा : ८९ लाख रुपैयाँ बाँडिएको छ ।नयाँ पत्रिकामा खबर छ।

प्रकाशित मिति : १९ आश्विन २०७५, शुक्रबार  ८ : २४ बजे