३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

एसपी विष्टलाई निष्काशनको सिफारिस


४ कार्तिक २०७५, आइतबार  

0
Shares

काठमाडौँ । निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए ।

प्रहरी नायब निरीक्षक एवम् प्रवक्ताले गृहमन्त्रालयले उक्त सिफारिस उपर आज निर्णय गर्न सक्ने सम्भावना रहेको बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०७५, आइतबार  १ : २५ बजे