४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

अमेरिकामा कलाकारहरुको दशै । डिसेम्बरमा पुरानो स्रष्टाहरुको सम्मान साझ हुने


Ang

५ कार्तिक २०७५, सोमबार  

0
Shares

 

बडादशैको उपलक्ष्यमा नेपाल अमेरिका कलाकार संघले शुभकामना आदानप्रदानसंगै बरिष्ठ कलाकारहरुबाट टिका थापेर दशै मनाएका छन । उक्त कार्यक्रममा रेडियो नेपालको उपनिर्देशक तथा संगीत विभागका प्रमुख टिका भण्डारीसंगै स्थानीय बरिष्ठ गायिका सपनाश्री, बरिष्ठ संगीतकार नरबहादुर दाहाल र शिशिर श्रेष्ठबाट उपस्थित कलाकारहरुले टिकासंगै आर्शीवाद थापेका थिए ।
उडसाइडस्थित सुम्निमा रेष्टुरेन्टमा भएको कार्यक्रममा प्रमुख अतिथि टिका भण्डारीलाई बरिष्ठ संगीतकार तथा खेलाडी नरबहादुर दाहालले टिका लगाइदिएका थिए । कार्यक्रममा आदीवासी जनजाती महासंघ फिफनाका बरिष्ठ उपाध्याक्ष राजकुमार विष्ट पनि विशेष अतिथिको रुपमा उपस्थित थिए । दशै कार्यक्रमसंगै कलाकार संघले नेपालको गीत संगीत क्षेत्रमा महत्वपुर्ण योगदान दिने स्रष्टाहरुको सम्मानमा डिसेम्बर ८ तारिख स्रष्टा सम्झना साझ आयोजना गर्न लागेको जानकारी दिएको छ । ‘ हरेक नेपालीहरुको मन मुटुमा बस्न सफल बरिष्ठ कलाकारहरुको सम्झनामा स्रष्ट सम्मान कार्यक्रम गर्न लागेको हो’ संघको अध्यक्ष सुमन बुडामगरले भने ‘ स्रष्टाहरुको सम्झनालाई सधै निरन्तर दिनका लागी कार्यक्रमबाट संकलन हुने रकमले कलाकारिता पुरस्कार स्थापना गर्न लागेका छौ’ । उनले बताए ।

‘ नेपाली गीत संगीत क्षेत्रमा महत्वपुर्ण योगदान पुर्‍याउदै आउनु भएका स्रष्टाहरुको त्याग र योगदानलाई सम्झेर प्रवासमा यस्तो स्रष्टा सम्मान कार्यक्रम हुनु ज्यादै सराहनिया कार्य हो’ रेडियो नेपालको संगीत विभागका प्रमुख टिका भण्डारीले भने(‘ नेपाली गीत संगीत क्षेत्रमा ती स्रष्टाहरुले गरेको संघर्ष र त्यागलाई हामीले सधै सम्मान गर्नुपर्छ’ । कलाकारिता क्षेत्रलाई मनभित्रबाट माया गर्नेहरुको विशेष उपस्थितिमा हुन लागेको उक्त कार्यक्रम शेर्पा किदुगको हलमा हुने लागेको कलाकार संघको महासचिव विमल डांगीले एभरेष्टटाइम्सलाई बताए । उनका अनुसार कार्यक्रममा चर्चित कलाकारहरुको साथमा लाइभ म्युजिकमा सास्कृतिक कार्यक्रम हुने भएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७५, सोमबार  १ : ४८ बजे