१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

न्युयोर्कमा हुने भनिएको कार रार्‍ली स्थागित


Ang

१० कार्तिक २०७५, शनिबार  

0
Shares

नेपालको पर्यटन प्रर्वद्धनका लागी न्यूयोर्कमा हुन लागेको ‘ राइड फर नेपाल कार रार्‍ली’ स्थागित गरेको छ । नेपाल पर्यटन बोर्डको आयोजना र नेपाली महावाणिज्य दूतावास न्यूयोर्कको सहकार्यमा अक्टोबर २७ तारिख शनिबारको दिन न्यूयोर्कमा हुने भनिएको कार रार्‍ली प्रतिकुल मौसमको कारण अर्को मिति तय नहुन्जेलसम्मको लागी स्थागित गरेको पर्यटन बोर्डका अवैतानिक पर्यटन प्रतिनिधी प्रदिप श्रेष्ठले विज्ञाप्ती मार्फत जनाएको छ ।

उनका अनुसार रार्‍लीकै लागी इन्सुरेन्स, झण्डा, टिसर्ट, स्टीकर, उदघाटनको तयारी र ब्रेकफष्ट समेत तयारी गरिसकेको तर प्रतिकुल मौसममा सवैलाई समास्या हुने भएकोले स्थागित गरेको जनाएको छ ।

 

प्रकाशित मिति : १० कार्तिक २०७५, शनिबार  २ : ०७ बजे