३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

शुभकामना एभरेस्ट !


१९ मंसिर २०७५, बुधबार  

0
Shares

पद्मा लिंखा मगर

 

हिमनदीझैं निरन्तर बगिरहने

घामले कहिल्यै नसुक्ने

ढुङ्गा र बालुवाले नछेक्ने

लाग्छ तिमी नदी हौ

एभरेष्ट टाइम्स !

तिमी यसरी नै

अविरल बगिरहनू

शुभकामना छ !

 

जन्मभूमि र कर्मभूमिलाई जोड्ने

एउटा बलियो पुल

जहाँ फलामको भन्दा

कैयौं गुना बलियो

भावनाको खम्बा र रड हालिएको छ l

यही पुलमा यात्रीहरूको

दशौँ वर्षसम्म

निरन्तर छ ओहोर दोहोर

एभरेष्ट टाइम्स !

तिमी यसरी नै

वर्षौं वर्ष/ सयौं वर्ष

पुल बनेर उभिइरहनू

शुभकामना छ !

 

जहाँ जे चाह्यो सोही रूपमा भेटिन्छौ

के मात्र बन्दैनौ र तिमी !

आवाजविहीनको आवाज हौ तिमी

नोष्टाल्जिकलाई देशको भावना,

साहित्यिक भोकलाई खुराक

व्यापारीलाई बजार

एभरेष्ट टाइम्स !

तिमी यसरी नै साझा ठाउँ बनेर

सबैलाई निरन्तर सेवा दिइरहनू

शुभकामना छ !

 

भावनाको खेती गर्नेहरूले

तिमीमा नै

अक्षरररूपी वीउ छरिरहन्छन् l

सत्य ओकल्न चाहनेहरूले

तिमीमार्फत नै

सत्यतथ्य बोलिरहन्छन्

एभरेष्ट टाइम्स !

तिमी यसरी नै

सबैको मन बिसाउने

साझा चौतारी बनिदिनू

शुभकामना छ !

 

आफ्नो सफल यात्राको

दशौँ वर्ष पूरा गरी

एघारौं वर्षको यात्रा

आरम्भ गरेको अवसरमा

शुभकामना !

एभरेष्ट टाइम्स !

अझ हजारौं वर्ष

यही गतिमा

अनि अरू उचाइमा

यात्रा निरन्तर रहोस्

लाखौं लाख शुभकामना !

 

न्यूयोर्कबाट प्रकाशित हुने एभरेष्ट टाइम्स पाक्षिक पत्रिकाले आफ्नो सफल यात्राको दशौँ वर्ष पूरा गरी एघारौं वर्षमा प्रवेश गरेको सुखद अवसरमा हार्दिक वधाई तथा शुभकामना !

 

न्यूयोर्क

१०/३०/२०१८

प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार  ९ : ३९ बजे