५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026

निर्मलाको न्यायका निम्ति, मण्डलामा विवेकशील साझाको प्रदर्शन


२१ मंसिर २०७५, शुक्रबार  

0
Shares

काठमाडौं। आज निर्मला पन्तको न्यायका निम्ति विवेकशिल साझा पार्टीले मण्डलामा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ।

शुक्रवार राजधानीको माईतीघर मण्डलामा केन्द्रिय विविकशिल साझा पार्टीले सांकेतिक विरोधाभास नाटकका साथ सरकार विरुद्ध नारा जुलस प्रदर्शन गरेको हो।

न्यायको प्रदर्शनमा कुखुरी काँ, बासी न्याय खा। खोई मेरो न्याय? राज्यले लुकायो। खोई राज्य? दुलोमा छिर्यो। खोई दुलो? भ्रष्ट्रले कुल्यो। खोई भ्रष्ट्र? लूटतन्त्रले लग्यो। खोई लुट तन्त्र? ओओलीली।।। भन्ने नारा लगाएका थिए।

विवेकशिल साझाँ पार्टीको नेत्री रञ्जु दर्शना भन्छिन् ‘कञ्चनपूरकी निर्मला बहिनी बलात्कार पछि हत्या भएको एक सय तिस दिन वितिसक्दा पनि न्याय अझै पाएको छैन।’ दिनानु दिन यो देशमा अहिले झनै महिला हिंसाको घट्नाहरु बढिरहेको छ। सरकार किन मौन छ?

उनले भनिन् चित्कारहरुलाई जब समात्न लागेको बेलामा रेलको आवाजले दबाइ रहेको छ। रेल कहिले आउछ थाह छैन। नेपालको आम नागरीकहरु अहिले दबिरहेको महसुस गर्न बाध्य छौं। शान्तिपूर्ण ढङ्गले टासिएका पोस्टरहरु च्यात्छन् सरकार।

‘जति च्यात्छन् पोस्टरहरु, उतिनै एक हुन्छन् हाम्रो मनहरु, अनि एकताका साथ अगाडि बढ्न तत्पर रहन्छौं हामी आमनागरीक।’ दर्शनाले भनिन्, द्व्न्दहिनताको विकविकी यो देशमा भएको राज्यले नै प्रश्टरुपमा देखाएको कारण आफुहरु सरकार विरुद्ध सडमा उत्रिएको छौं।

‘नाम मात्रै नयाँ युग, काम चै पुरानै जुग’ भन्दै प्रदर्शनमा गृहमन्त्रीको राजिनामा समेत माग गरेका थिए। न्यायको माग प्रदर्शनमा विवेकशिल साझा पार्टीका संयोजक रविन्द्र मिस्र साथै प्रदेश नं १ का सांसद रमेश पौडेल समेत पुगेका थिए।

प्रकाशित मिति : २१ मंसिर २०७५, शुक्रबार  ७ : ०० बजे