१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

अमेरिकामा यलम्बर साझ मनाउने


Ang

२८ मंसिर २०७५, शुक्रबार  

0
Shares

युनाईटेड किरात अर्गनाईजेसन अफ अमेरिका न्यू ईङगलैण्ड च्याप्टरको आयोजनामा आगामी डिसेम्बर २२, तारिख न्युहृम्सरको म्यानचेस्टरमा यलम्बर साझको कार्यक्रम हुने भएको छ । प्रकृतिपूजक किरात राईहरूको महान चाडहरू उभौली र उधौली साकेला भूमी पुजा वाषिर्क रुपमा दुइ पटक गरिने र मंसिरे पूर्णे अन्तर्गत पर्ने यस उधौली साकेलाको अवसरमा यो कार्यक्रम गर्न लागेको युक्रा न्युहृम्सर च्याप्टरले जनाएको छ ।
वैशाखे पूणिर्मा अन्तर्गतको उभौली साकेला भूमी पूजामा प्राकृतिक प्रकोप र रोगब्याधीले नसताओस, खेतीपाती राम्ररी सपि्रयोस् भनी प्राकृतिक शक्तिको लागी भूमी पूजा गरी पितृहरूको आशिर्वाद माग्दै,साकेला नाचीने गरिन्छ । उधौली साकेला भूमिपुजामा समयमा लगाईएको अन्नबाली सकुसल भित्र्याउन सफल भएको,प्राकृतिक प्रकोप र रोगब्याधीहरू नलागी बाली सप्रेकोमा प्रकृती ( भूमी) र सिप्तुलुङ्गमा बिराजमान पितृहरूप्रति कृतज्ञ हुदै उधौली साकेला भूमीपूजा श्रध्दा पूर्वक मनाउने गरिएको छ ।
‘उधौली साकेला भूमिपूजा’ र किरात बंशका प्रथम राजा तथा किरात येलेदोङ्ग संम्बतका प्रबर्तक यलम्बरको स्मृतिमा स्थापित यलेदोङ्ग सम्बत वर्ष-५०७८ को शुभ अवसरमा ँयलम्वर साास्कृतिक सााझ” मनाउन लागेको न्यू ईङगलैण्ड च्याप्टर सभापति मुक्ति नारायण राईले बताए । उनका अनुसार यलम्बर जन्मजयन्ती र उधौली लाई एकिकृत रूपमा आयोजना गरी,एक आपसमा शुभकामना आदान-प्रदान गर्दै भब्यरूपमा साास्कृतिक कार्यक्रम समेत गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा सम्पूर्ण न्यू ईङ्लैण्डबासी नेपाली दाजुभाई,दिदीबहिनीहरू तथा बिभिन्न संघरसंस्थाहरू हरुको अतिरिक्त न्यु हेम्प्शायर राज्यको गभर्नर क्रिस सुनुनु ,सिनेटर लो डी अल्सनड्रो,र स्थानीय कांग्रेस म्यान हरु समेतलाई निमन्त्रणा गरिएको सभापति राइले बताए ।
सुरेश चाम्लिङ्ग न्युहृम्सरबाट

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार  ७ : ४१ बजे