काठमाडौं । कला, साहित्य र रंगमञ्चमार्फत सकाराकात्मक उत्प्रेरणा प्रबद्र्धन गर्ने ध्येय सहित शुरु भएको ‘जेसुम यात्रा’को तेस्रो संस्करण भक्तपुरको अनन्त लिंगेश्वरमा सम्पन्न भएको छ । मंसिर २९ गते शनिवार आयोजित कवि, चित्रकार र रंगकर्मी हाइकिङ गर्दै सिर्जना गर्ने यो यात्रा धुलिखेल, नगरकोट हुँदै तेस्रो श्रृंखलाका लागि अनन्त लिंगेश्वर छानिएको जेसुमका संयोजक एवं कवि अनिता लामाले बताइन् ।
‘जेसुमको अर्थ सौन्दर्य, सामाथ्र्य अथवा पहिचान पनि हो’, उनले भनिन्, ‘कला, साहित्य र रंगमञ्चमा हामै वरिपरिको मौलिक विषयबस्तु, पात्रस“गै मौलिक विम्ब र प्रतीकको खोजी गर्ने अभियान पनि हो यो ।’ शनिवार विहानै चित्रकार, साहित्यकार र रंगकर्मीहरुको एउटा टोली ठिमीको शंखधर साख्वा चोकबाट हि“ड्दै अनन्त लिंगेश्वर डाँडा पुगेको थियो । शहरकै पक्की सडकबाट थालिएको हाङकिङ टोली गाम्चाको खेतका गरा, बारीको डिल हुँदै तर्खगालचोकबाट अघि बढेको थियो ।
टोलीमा कवि लामासँगै फूलमान वल, अनन्त वाग्ले, सुरेश हाचेकाली, सजनी नौबागे, बालकृष्ण बस्नेत, रमेश कँडेल, पुष्करराज साउतेली र स्थानियहरु सहदेव न्यौपाने, श्रीराम न्यौपाने लगायत थिए भने चित्रकारहरुमा दिपेन्द्रमान बनेपाली, लालकाजी लामा, विक्रम प्रजापति, राजेन्द्र याकामी, झलक केसी, कान्छाकाजी भासिमा र प्रकाश मानन्धर थिए । उनीहरुले तर्खगाल चोकमा हरिया रुखका हाँगालाई सजेसनमा राखेर पुराना घरहरु क्यानभासमा कम्पोज गरे । वाटरकलरमा उनीहरुले उतारेको दृष्यचित्र निकै मनमोहक थिए ।
चित्रकार र कविहरुले लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकर, गणेश र मनास्लु हिमाल हेर्दै सिर्जना गरिहेका बेला सांसद एवं पुर्वमन्त्री महेश बस्नेत, सुर्य विनायक नगरपालिकाकी उपमेयर जुना बस्नेत, वडा अध्यक्ष उत्तम थापा समेत आइपुगेका थिए । सांसद बस्नेतले कुनै समय आफूले पनि ‘अनि मात्र सिंगो देश व्युँझिन्छ’ नाम नाटक लेखन, निर्देशन र अभिनय गरेको अनुभव सुनाउँदै भक्तपुरमा सांस्कृतिक र बाताबरणमैत्री विकासका लागि आफू लागिपरेको बताए । उनले आफ्ना पुराना कविताका केही पंक्ती समेत सुनाउँदै भने, ‘पाँच बर्षपछि भक्तपुरमा मानिसहरु विकासको नमुना हेर्न आउनेछन् ।’ कवितापछि उनले आफ्नो पुरानो नाटकको सानो भुमिका पनि प्रस्तुत गरे । उपमेयर जुनाले आफ्नो भेकमा कलाकर्मी र साहित्यकर्मी सिर्जनाका विषयबस्तु खोज्दै आएकामा खुशी व्यक्त गरिन् । सकारात्मक उत्पे्ररणाको अभियानको रुपमा जेसुमलाई निरन्तरता दिने संयोजक अनिताले बताइन् ।